आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

फुटसल टोली आज स्वदेश फर्कंदै

बुधबार, ३० चैत २०७८, ११ : ५६
बुधबार, ३० चैत २०७८

एएफसी फुटसल एसियन कप छनोट खेल्न किर्गिस्तान पुगेको नेपाली राष्ट्रिय फुटसल टोली आज (बुधबार) स्वदेश फर्कने भएको छ । बिश्केकस्थित गाज्पोर्म स्पोर्ट्स कप्लेक्समा आयोजना भएको छनोटमा नेपाल जित विहीन बनेको थियो । नेपाल प्रतियोगिताको तीनै खेलमा पराजित भएको थियो ।

नेपाली टोली बुधबार साँझ ६ बजे नेपाल आइपुग्ने छन् । छनोटको सेन्ट्रल र साउथ जोन अन्तर्गत समूह ‘बी’ मा रहेको नेपाल पहिलो खेलमा उज्वेकिस्तानसँग ५–१ गोल अन्तरले पराजित भएको थियो । त्यस्तै दोस्रो खेलमा नेपाल ताजिकिस्तानसँग ११–१ ले पराजित भएको नेपाल अन्तिम खेलमा अफगानिस्तानसँग ८–१ गोल अन्तरले पराजित भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप