बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भोजपुरमा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

बुधबार, ३० चैत २०७८, ११ : २६
बुधबार, ३० चैत २०७८

भोजपुरको रामप्रसाद राई गाउँपालिका–५ कावा खोलामा मंगलबार राति ट्रयाक्टर दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा ट्याक्टरमा सवार रामप्रसाद राई गाउँपालिका–७ बासिखोराका २० वर्षीय जेबि राई रहेका छन् । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल भोजपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ईट्टा लिएर भोजपुरबाट बासिखोरातर्फ आउँदै गरेको प्रदेश १–०२–००३ त २२४९ नम्बरको ट्याक्टर गएराती १० बजे अनियन्त्रित भइ सडकबाट अन्दाजी २ सय मिटर तल खसेको थियो । 

ट्याक्टर चालक फरार भएकोले खोजी भइरहेको प्रहरी चौकी माने भञ्ज्याङले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप