बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

३ लाख घूससहित प्रधानाध्यापक पक्राउ

बुधबार, ३० चैत २०७८, ११ : ०८
बुधबार, ३० चैत २०७८

रौतहटबाट ३ लाख घूससहित एक प्रधानाध्यापक पक्राउ परेका छन् । श्री बिश्‍वेश्‍वर प्रसाद कोइराला आदर्श माध्यमिक विद्यालय, जोकहाका प्रधानाध्यापक राकेश कुमार ठाकुर पक्राउ परेका हुन् ।  करार अवधि थप गर्नको लागि सेवाग्राहीसँग ३ लाख घूस  माग गरिरहेको भन्‍ने उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । 

अख्तियार टोलीले दिपेन्द्र सर्जिकल पसलका संचालक दिपेन्द्र कुमार झालाई पनि यमुनामाई गाउँपालिका वडा नं ४, सरुअठ्ठास्थित चन्द्रनिगाहपुरबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप