लमजुङको आठवटै पालिकाको प्रतिवद्धतापत्र तयारीमा जुट्यो एमाले
स्थानीय निर्वाचन नजिकिँदै गर्दा तीव्र तयारीमा जुटेको नेकपा एमाले लमजुङले निर्वाचनमा प्रस्तुत गर्ने प्रतिवद्धतापत्र तयारीका लागि अनुशिक्षण कार्यक्रम गरेको छ । एमाले लमजुङले प्रतिवद्धतापत्र अनुशिक्षण कार्यक्रम नेपाल बुद्धिजीवी परिषद लमजुङको सहकार्यमा मंगलबार बेंसीशहर आयोजना गरेको हो । एमाले लमजुङले जिल्लाको ८ वटै पालिकामा प्रतिवद्धतापत्र तयारी गर्नका लागि अनुशिक्षण कार्यक्रम गरी प्रक्रिया अघि बढाएको हो । अनुशिक्षण कार्यक्रममा प्रत्येक पालिकाबाट २–२ जनाको सहभागिता रहेको थियो ।
एमालेका केन्द्रीय सदस्य एवं लमजुङ इन्चार्ज मायानाथ अधिकारीले व्यवस्थित र जनताको मन छुने योजना बनाउनुपर्नेमा जोड दिए । नागरिकका आवश्यकता र गर्नुपर्ने कामलाई सम्बोधन हुने गरेर प्रतिवद्धता पत्र आउनुपर्ने अधिकारीले बताए ।
८ वटै पालिकाबाट आगामी वैशाख २ गते प्रतिवद्धतापत्र तयार गरी एमाले जिल्ला कमिटीका बुझाउने र ९ गते देशभर एकै पटक प्रतिवद्धतापत्र घोषणा हुने कार्यक्रम रहेको नेकपा एमाले लमजुङका प्रचार विभाग प्रमुख कृष्ण केसीले दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या