आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा ७ दिनदेखि पेट्रोल र डिजेलको मूल्य स्थिर

बुधबार, ३० चैत २०७८, १० : ३५
बुधबार, ३० चैत २०७८

भारतमा पछिल्लो एक सातायता डिजेल र पेट्रोलको मूल्यमा स्थिरता कायम भएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार पेट्रोल र डिजेलको मूल्य ७ दिनदेखि स्थिर रहेको हो । भारतीय तेल कम्पनीले ६ अप्रिलदेखि आजसम्म देशका कुनै पनि राज्यमा मूल्य बढाएका छैनन् । इण्डियन आयल कर्पोरेसनले आजको पेट्रोल र डिजेलको मूल्य सार्वजनिक गर्दै स्थिरता कायम भएको जनाएको छ ।

भारतमा ७ दिनअघि ६ अप्रिलमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ०.८० भारू बढेको थियो । नेपाल आयल निगमले इण्डियन आयल कर्पोरेसनसँग पेट्रोलियम पदार्थ किन्छ । भारतमा मूल्य बढ्दा त्यसको प्रत्यक्ष असर नेपाली बजारमा समेत पर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप