मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

कति पुग्यो डलरको मूल्य ?

बुधबार, ३० चैत २०७८, ०८ : ५२
बुधबार, ३० चैत २०७८

नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ५२ पैसा र बिक्री दर १२२ रुपैयाँ १२ पैसा कायम गरेको छ । युरोपियन यूरो एकको खरिद दर १३२ रुपैयाँ ९ पैसा र बिक्री दर १३२ रुपैयाँ ७४ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५८ रुपैयाँ ६ पैसा र बिक्री दर १५८ रुपैयाँ ८४ पैसा छ ।  स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ २३ पैसा मात्र र बिक्री दर १३० रुपैयाँ ८८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ ३४ पैसा र बिक्री दर ९० रुपैयाँ ७८ पैसा  छ ।  क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ०१  पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ४८  पैसा छ । जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ  ६८ पैसा र बिक्री दर ९ रुपैयाँ ७२ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ ८ पैसा र बिक्री दर १९ रुपैयाँ १७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ ४० पैसा र बिक्री दर ३२ रुपैयाँ ५६ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ २९ पैसा र बिक्री दर ३३ रुपैयाँ ४५ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ७१ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ८५  पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर नौ रुपैयाँ ८७ पैसा र बिक्री दर नौ रुपैयाँ  ९२ पैसा कायम भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप