शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

आईपीएल : चेन्नईको पहिलो जित

बुधबार, ३० चैत २०७८, ०६ : १४
बुधबार, ३० चैत २०७८

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा चेन्नई सुपर किङ्सले सिजनको पहिलो जित निकालेको छ । मंगलबार भएको खेलमा चेन्नईले रोयल्स च्यालेन्जर्स बैंगलोरमाथि २३ रनको जित निकालेको हो ।

मुम्बईमा चेन्नईले दिएको २१७ रनको लक्ष्य पछ्याएको बैंगलोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १९३ रन बनायो । बैंगलोरका लागि शाहबाज अहमदले सर्वाधिक ४१ रनको योगदान गरे । त्यस्तै आयूस प्रभुदेशाइ र दिनेश कार्तिकले ३४–३४ रन बनाए । त्यस्तै ग्लेन म्याक्सवेलले २६ रनको योगदान गरे । बलिङतर्फ चेन्नईका लागि महेश थेक्सानले सर्वाधिक ४ विकेट लिए । त्यस्तै कप्तान रवीन्द्र जडेजाले तीन विकेट लिँदा मुकेश चोधरी र डुयन ब्राभोले एक–एक विकेट लिए ।

यसअघि पहिलो ब्याटिङ गरेको चेन्नईले शिभम् दुबे र रोविन उथपाको अर्धशतकीय पारीमा निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २१६ रन बनायो ।  ४६ बल खेलेका दुवेले ५ चौका र ८ छक्का प्रहार गर्दै ९५ रन बनाए । त्यस्तै ५० बल खेलेका उथपाले ४ चौका र ९ छक्काको सहयोगमा ८८ रन बनाए ।

चेन्नइका लागि रुतुराज गाइक्वाडले १७ रनको योगदान गरे । बलिङतर्फ बैंगलोरका लागि वानिन्दु हर्शरंङ्गाले दुई विकेट लिए । त्यस्तै जोस हेजलहुडले एक विकेट लिए । जितसँगै चेन्नईले पाँच खेलमा २ अंक जोडेको छ । चेन्नई पुछारबाट दोस्रो स्थानमा छ । पराजित बैंगलोर पाँच खेलबाट ६ अंक जोडेर तालिकाको पाँचौं स्थानमा छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप