सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

हंसपुर नगरपालिकाकी उपमेयर जसपामा प्रवेश

मङ्गलबार, २९ चैत २०७८, २३ : ०५
मङ्गलबार, २९ चैत २०७८

धनुषाको हंसपुर नगरपालिकाकी उपमेयर रेणु झा जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेकी छन् । मंगलबार उपमेयर झालाई जसपा नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले पार्टीमा स्वागत गरेका हुन् । झा तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट उपमेयरमा निर्वाचित भएकी थिइन् । जसपा नेपाल विभाजन हुँदा उपमेयर झाले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल रोजेकी थिइन् ।
तत्कालिन राजपा नेपालबाटै निर्वाचित हंसपुर नगरपालिकाका मेयरमा रामज्ञान मण्डलसँग लामो समयदेखि असन्तुष्टि रहँदै आएको थियो ।  स्थानीय तहको निर्वाचन आउन लाग्दा समेत उनलाई लोसपाले बेवास्ता गरेपछि जसपा नेपाल रोजेको बताइएको छ।

जसपा अध्यक्ष यादवले तत्कालिन राजपा नेपालबाट निर्वाचित जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष जगरनाथ साहसमेतलाई पार्टीमा प्रवेश गराएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप