राजदूतसँगको भेटमा खेलकुदमन्त्रीले राखे नेपाल र अर्जेन्टिनाबीच मैत्रिपूर्ण फुटबलको प्रस्ताव
मङ्गलबार, २९ चैत २०७८, २२ : ५०
युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले नेपाल र अर्जेन्टिनाबीच मैत्रीपूर्ण फुटबल खेलका लागि प्रस्ताव गरेका छन् । मंगलबार नेपालका लागि अर्जेन्टिनाका राजदूत डा. ह्युगो जाभियर गोवीसँगको भेटका क्रममा खेलकुदमन्त्रीले सो प्रस्ताव गरेका हुन् ।
नेपाल र अर्जेन्टिनाबीच मैत्रीपूर्ण फुटबल खेलका लागि मन्त्रीले गरेको प्रस्तावमाथि राजदूत गोवीले सहमति जनाएको खेलकुदमन्त्रीका प्रेस संयोजक संगीन शर्माले प्रेस नोटमार्फत जानकारी गराएका छन् ।
सो क्रममा खेलकूदमन्त्रीले मैत्रीपुर्ण खेलबाट दुई देशको सम्बन्ध अझैं प्रगाढ हुने आशा ब्यक्त गर्दै राजदूत गोवी मार्फत अर्जेन्टिनाका फुटबल खेलाडीलाई नेपाल भ्रमणको निम्ता समेत दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा
-
१० बजे, १० समाचार : रविलाई ३ वटा मुद्दा, जग्गा विवादमा एमालेलाई राहत
-
नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्थाबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह
-
एनआरएनए उच्चस्तरीय समिति बैठक : एकताका लागि दुई निर्णय