न्यू इयर इभमा इसेवामार्फत स्क्यान टु पे गर्दा शतप्रतिशत क्यासब्याक पाइने
इसेवा मार्फत चैत ३० गते बुधवार न्यू इयर इभका दिनमा स्क्यान टु पे मार्फत भुक्तानी गर्दा शत प्रतिशत क्यासब्याक पाइने भएको छ । सोही दिन इसेवाको मोबाईल एप्स्मार्फत फोनपे नेटवर्कमा स्क्यान टु पे गर्दा सय जनाले अधिकतम रु २०७९ सम्म शतप्रतिशत क्यासब्याक पाउन सक्ने कम्पनीले जनाएको छ ।
साथै न्यू इयर इभका दिनमा विभिन्न्न मर्चेन्ट,रेष्टुरेन्ट, क्लव, रिसोर्ट लगायतका हस्पीटालिटीमा भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त हुनेछ । साथै इसेवा मार्फत भुक्तानी गर्ने व्यक्ति फोनपेको हेलिकप्टरमार्फत सगरमाथा घुम्न पाइने अफरमा समेत सहभागी हुनेछन् ।
फोनपे नेटवर्कमा न्यू इयर इभका दिनमा भुक्तानी गर्ने दश जना ग्राहक र १० वटा मर्चेन्टले हेलिकप्टर मार्फत विश्वकै अग्लो हिमाल सगरमाथा घुम्न पाउने छन् भने नाम्चे बजार नजिकै रहेको होटल एभरेष्ट भ्यूमा ब्रेक फाष्ट गर्ने अवसर प्राप्त हुनेछ । यो योजनामा २९ गते राति १२ बजेदेखि ३० राति १२ बजेसम्म कारोबार गर्ने सबै व्यक्ति र मर्चेन्ट सहभागी हुनेछन् । विजेता गोला प्रथा मार्फत घोषणा गरिने कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपाधिका लागि भिड्दै परिचित प्रतिद्वन्द्वी सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स
-
भारतविरुद्ध नाथनको ठाउँमा कोनस्टास, १९ वर्षको उमेरमै टेस्ट डेब्यू
-
क्रिसमस बजारमा अचानक घुस्यो कार, एक जनाको मृत्यु, कयौं घाइते
-
नौमती बजाउन सिक्दै रोङका महिला
-
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
-
आइजीपी कप : एपीएफ स्कूल कीर्तिपुर विजयी