बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

‘लालपूर्जा पाए भोट, नपाए नो भोट’

मङ्गलबार, २९ चैत २०७८, २१ : ४०
मङ्गलबार, २९ चैत २०७८

चुरे अभियन्ताहरुले स्थानीय तहको निर्वाचन नजिकिएसँगै ‘हल्ला बोल’ अभियान चलाएका छन् ।

स्थानीय तहको निर्वाचन वैशाख ३० गते हुने भएपछि नेताहरु घरदैलोमा पुग्न लागेको समयमा अभियन्ताहरुले हल्ला बोल अभियान मंगलबार देखि थालेका हुन् ।

अभियान अन्तर्गत सुकुम्वासीहरूको समस्या समाधान गर्ने र चुरेको वन संरक्षणको प्रतिवद्धता व्यक्त गर्ने नेताहरुलाई मत दिने भनिएको छ । 

सुकुम्वासी समस्या समाधानका लागि पनि उनीहरुले दवाव दिएका छन् । यो अभियान स्थानीय तहको निर्वाचनको क्रममा नभई प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको क्रममा समेत जारी राख्ने चुरे बचाउ अभियानका संयोजक सुनिलकुमार रायले चेतावनी समेत दिए ।

उनले भने, ‘नेताहरु सुकुम्वासी दलितहरूको मत लिएर सरकार बनाउँछन्, तर उनीहरुको समस्या समाधान गर्न तर्फ कुनै चासो छैन ।’ उनले अघि थप्दै भने, ‘मत माग्ने नेताहरुलाई हामीले चुरेको वन संरक्षणका लागि प्रतिवद्ध गराउँछौँ, सुकुम्वासीहरूको लालपूर्जा दिने प्रतिवद्धता गरे मात्रै मतदानमा सहभागी हुन्छौँ ।’ उनले थपे, ‘नो लालपूर्जा, नो भोट अभियानलाई तीव्र बनाउँछौँ । ’

मधेश प्रदेशको राजधानी जनकपुरधाममा कैयान सुकुम्वासी रहेको जानकारी दिँदै यादवले प्रदेशभरिमा छरिएर रहेका सुकुम्वासीहरूको समाधान तर्फ ध्यान दिन नसक्ने यो कस्तो निकम्मा प्रदेश सरकार हो रु भन्दै प्रश्न गरे ।

चुरे बचाउ अभियानका संयोजक यादवले संघ सरकारको द्वैध चरित्र रहेको आरोप समेत लगाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप