बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

भूपू गोर्खाको पक्षमा बेलायती अदालतले गर्यो फैसला

मङ्गलबार, २९ चैत २०७८, २१ : २३
मङ्गलबार, २९ चैत २०७८

समान हक र अधिकारको लागि बेलायत सरकारसँग वर्षौंदेखि लड्दै आएका भूपू गोर्खालाई अर्को सफलता मिलेको छ । भर्खरै मात्र अदालतद्वारा गरिएको फैसला भूपू गोर्खाको पक्षमा रहेको भन्दै गोर्खा भूतपूर्व सैनिक संघ ९गेसो० ले एक विज्ञप्ति जारी गरि खुशी व्यक्त गरेको छ ।

बेलायती सेनामा  कार्यरत रहंदा श्रवन शक्ति क्षीण भएको भन्दै गेसोका पूर्व महासचिव तथा केन्द्रीय  सल्लाहकार महेन्द्रलाल राईको नामबाट हवे एण्ड को. ल फर्म र गेसोको सहकार्यमा दर्ता गरिएको मुद्धा गोर्खाहरुको पक्षमा फैसला भएको हो । 

अदालतको सो फैसलाबाट सन् १९८५ जनवरी १ पछि अवकाश भइ श्रवण शक्तिमा समस्या भएकाहरु लाभान्वित हुनेछन् ।

यही अप्रिल ९ मा भएको उक्त फैसलाप्रति गोर्खा भूतपूर्व सैनिक संघ ९गेसो० ले खुशी व्यक्त गर्दै  गेसो सभापति कृष्ण कुमार राईले विज्ञप्तिमार्फत हवे एण्ड को. ल फर्मप्रति आभार व्यक्त गरेका छन् ।  साथै सन् १९८७ पछि अवकाश भई विश्वभर रहेका सम्पूर्ण भूपू गोर्खाहरूलाई सम्पर्क गर्न समेत गेसोले आग्रह गरेको छ ।

गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले विगत ३० वर्ष भन्दा अघि देखि अनवरतरुपमा ब्रिटिस सरकारबाट गरेको भेदभाव अन्त्यको लागि शान्तिपूर्ण आन्दोलन गर्दै आउने क्रममा विभिन्न उपलब्धि हात पार्दै आएको जनाएको छ ।

हवे एण्ड को। ल फर्म र गेसोको सहकार्यमा ३० सेप्टेमवर २००८ मा बेलायतको उच्च अदालतबाट आवासीय भिसाको मुद्दा, सन्‌ २०१३ जनवरी २१ तारिख गोर्खाहरुको एडल्ट चिल्ड्रेनको मुद्दा  र २९ अप्रिल २०१७ का दिन २० वर्ष माथिका वयस्क जितेन राई लगायतका मुद्दाहरुमा भूपू गोर्खाहरुले सफलता प्राप्त गरेको गेसोको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप