चितवनको एकीकृत विकासका लागि कुनै कसर बाँकी राख्दिन : प्रचण्ड
चितवन– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा राजनीतिक स्थायीत्व र तिव्र आर्थिक विकासका लागि एमाले र माओवादी केन्द्रवीच एकीकरणको प्रयास गरिएको बताएका छन् ।
चितवनको माडी नपा वडानम्बर ४ घोसरीमा सोमबार भएको चुनावी सभालाई सम्बोधन गर्दै बाम गठबन्धनका तर्फबाट चितवन निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका प्रचण्डले चितवनको एकीकृत विकासका लागि आफुले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता पनि जनाए ।
उनले आफू पहिलोपटक चितवनबाट उम्मेदवार बनेको भन्दै चितवनको नमुना बिकास गर्दै त्यसैअनुसार देशको विकास र आर्थिक सम्बृद्धिका लागि आफ्नो सम्पूर्ण जिवन विताउने संकल्प गरेको बताए । भने, ‘चितवनको माडीमा धेरै किसिमका समस्या छन् । चितवन प्रचुर सम्भावना बोकेको जिल्ला हो तैपनि यहाँको विकास अत्यन्त कमजोर छ ।’
रेउ खोलालगायतका धेरै ठाडा खोलाले जनतालाई धेरै समस्या पारेको भन्दै प्रचण्डले तटबन्ध र रिङरोड, बनाएर माडि क्षेत्रका जनतालाई सुरक्षित बनाउन आफुले सक्दो पहल गर्ने बताए ‘माडीको एकिकृत विकास गर्ने परिकल्पना गरेको छु यहाँको विकासमा स्थानीय र प्रदेश सरकारलेमात्रै सम्भव छैन, त्यसैले मैले बाम गठबन्धनसँग पनि यो कुरा गरिसकेको छु । ’ उनले माडिबासीले हात्ति, बदेल भालु लगायतका जंगली जनवारले दुख दिने गरेकोमा आफु जानकार रहेको पनि बताए । त्यसका लागि उनले चुरेलाई घेर्नेगरी रिङरोड बनाउने प्रतिबद्धता समेत मतदाता माझ जनाए ।
सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले माडि धार्मिक पर्यटनका लागि समेत सम्भावना रहेको स्थान भएकाले सोमेश्वर गढी, कालिका लगायतका क्षेत्रलाई समेतटेर धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने बताए । त्यस्तै केरुङ माडी र ठोरी हुँदै भारत जोडने बाटो विस्तार गरेर आर्थिक विकास गर्ने योजना बामपन्थीहरुले बनाएको भन्दै प्रचण्डले त्यसका लागि बामन्थीहरुको सरकार जरुरी भएको बताए । उनले चितवन लागायत देशभरका बामगठबन्धनका उम्मेदवारलाई जिताएमात्रै देशमा विकासको मुहान फुट्ने भएकाले मतदातालाई विकासप्रेमी शक्तिलाई जिताउन आग्रह पनि गरे ।
आफुले चितवनबाट उम्मेदवारी दिएलगत्तै आफ्नो परिवारका सदस्य गुमाएको स्मरण गर्दै प्रचण्डले अब आफू देशका सबै युवा युवतीलाई प्रकाश देख्ने बताए ।
कार्यक्रममा स्थानीय मतदाताले समस्या राखेका थिए । स्थानीयका मागपत्र आफुले पढेको भन्दै उनले विद्युत, खानेपानी, सडक कालोपत्रे, धार्मिक क्षेत्र, जग्गाधनीपुर्जा वितरण लगायतका माग पुरा गर्न आफु प्रतिवद्ध रहेको बताए । सोमबार प्रचण्डले बाँदरमुढे लगायत चितवनका एक दर्जन सभालाई सम्बोधन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ड्रागन फ्रुट’ बेचेर वार्षिक १५ लाख आर्जन
-
डाक्टरले सामुहिक राजीनामा दिएपछि प्रादेशिक अस्पतालको सेवा प्रभावित
-
रविलाई बिहानै पुर्याइयो अदालत, छवि पनि साथमै
-
धितोपत्र बोर्डको अध्यक्ष चयन प्रक्रिया : अन्तर्वार्ताका लागि दुईजना मात्रै उपस्थित
-
‘परालको आगो’मा सुहाना
-
आप्रवासी गीतकारहरूको बृहत् भेला अमेरिकामा हुने