सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा युवक पक्राउ

मङ्गलबार, २९ चैत २०७८, २० : ५५
मङ्गलबार, २९ चैत २०७८

खुकुरी प्रहार गरी एक षुरुषलाई घाइते बनाएको आरोपमा एक युवक पक्राउ परेका छन् । बागमती नगरपालिका-९ बस्ने ४२ वर्षीय चन्देश्वर महतोलाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा सोही नगरपालिका-८ बस्ने १९ वर्षीय अमृत परियारलाई गएराति प्रहरीले पक्राउ गरेको हो । 

अमृतले पुरानो रिसिबिको कारण खुकुरी प्रहार गर्दा घाइते भएका चन्देश्वरको वीरगञ्ज न्यूरो सर्लाहीमा उपचार भइरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी राजधाटबाट खटिएको प्रहरीले उक्त खुकुरी सहित अमृतलाई पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप