न्युयोर्कको सबवे स्टेशनमा गोलीबारी, कम्तीमा १३ जना घाइते
मङ्गलबार, २९ चैत २०७८, २० : ३७
![न्युयोर्कको सबवे स्टेशनमा गोलीबारी, कम्तीमा १३ जना घाइते](https://rpcdn.ratopati.com/media/albums/amerika-_4I9ySws59Q.jpg)
अमेरिकाको न्युयोर्कको ब्रुकलिनमा रहेको सबवे स्टेशनमा भएको गोलीबारीमा कम्तीमा १३ जना घाइते भएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार मंगलबार स्थानीय समय अनुसार बिहान ८ः३० बजे सनसेट पार्कको ३६औं स्ट्रीट स्टेशनमा गोली चलेको थियो ।
घटनास्थलका तस्विरहरूमा यात्रुहरू स्टेशनको भुइँमा रगतको पोखरीमा लतपतिएको देखाइएको छ। घटनास्थलमा विस्फोटक पदार्थ पनि फेला परेको छ । अधिकारीहरूले मानिसहरूलाई यस क्षेत्रबाट टाढा रहन आग्रह गरेका छन् र सबवे रेलहरू ढिलाइ हुने बताइएको छ । कम्तिमा चार रेल लाइनेहरू पनि ढिलाइ भएका छन्।
संदिग्ध आक्रमणकारीको खोजी भइरहेको छ । न्यूयोर्क फायर डिपार्टमेन्टले बीबीसीलाई स्टेशनबाट धुवाँ देखिएको भन्दै फोन आएको तर जब अधिकारीहरू घटनास्थल पुगे, उनीहरूले त्यहाँ घाइतेहरूलाई भेटेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशमा सिकेको सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न मन्त्री भण्डारीको आग्रह
-
घनश्यामको प्रस्तावमा माधवको कैँची, कार्यविभाजनले असन्तुष्टि सामसुम !
-
यस्तो छ ‘द्रौपदी’ लुक्स
-
दुर्गा प्रसाईंको रिट खारेज, ऋण असुली गर्न बैंकलाई सहज
-
मिडल अर्डरमा राम्रो गर्न सकेनौँ : कप्तान आसिफ
-
चियासँग चुरोट पनि पिइरहनु भएको त छैन ?