तिलोत्तमाको मेयरका लागि ४ जना सिफारिस
मङ्गलबार, २९ चैत २०७८, १९ : १४

नेकपा एमालेले रुपन्देहीको तिलोत्तमाको नगर प्रमुख(मेयर) पदका लागि ४ जनाको नाम सिफारिस गरेको छ । यो नगर एमाले उपाध्यक्ष विष्णु पौडेल र नेता घनश्याम भुसालको क्षेत्र हो ।
एमाले तिलोत्तमा नगर कमिटी अध्यक्ष तामनाथ पाण्डेका अनुसार मेयरमा बहालवाला मेयर वासुदेव घिमिरे, नेताहरू मोहन चापागाईँ, यज्ञ गैरे र दिनेश फुल्लेलको नाम सिफारिस गरिएको छ । बैठकले उपप्रमुख(उपमेयर) पदका लागि ५ जनाको नाम सिफारिस गरेको छ ।
बहालवाला उपमेयर जागेश्वरदेवी चौधरी, नेतृहरू देवी वाग्ले, रेनुका खरेल, जमुना लम्साल र संगिता गुरूङको नाम सिफरिस गरिएको हो । यहाँ मेयर र उपमेयर दुवै सोही पदमा दोहाराउने गरी सिफारिस गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल क्रिकेटमा मुम्बईको पहिलो जित, पुछारमा धकेलियो कोलकाता
-
प्रभावकारी बन्दै सुरक्षित आप्रवासन कार्यक्रम
-
१२ बजे, १२ समाचार : संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयदेखि दुर्गा प्रसाईं निकट देवी संग्रौला पक्राउसम्म
-
एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीलाई १ लाख डलर सहयोग गर्ने सरकारको निर्णय
-
म्यानमारका भूकम्प पीडितलाई सहयोग गर्ने सरकारको निर्णय, नेपाली सेना पनि पठाउने
-
राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सागर श्रेष्ठ नियुक्त