आचारसंहिता पालना गराउन ‘एक्सन’मा उत्रिँदै आयोग, सर्वसाधरणलाई पनि उजुरी गर्न आग्रह

सोमबार निर्वाचन आयोगले सत्तारुढ दल नेकपा एकीकृत समाजवादीलाई ३ दिनभित्र स्पष्टिकरण बुझाउन निर्देशन दियो । चैत २६ गते भृकुटीमण्डपमा गरेको आमसभामा निर्वाचन आचारसंहिता उल्लघंन गरेको आयोगको आरोप छ ।
यस्तै नेपाली काँग्रेसका नेता शशांक कोइरालालाई पनि आयोगले स्पष्टिकरण सोध्यो । केहीदिन अघि सार्वजनिक कार्यक्रममा कोइरालाले अघिल्लो बर्षको प्रतिनिधि सभाको चुनावमा ६ करोड खर्च गरेको भन्ने अभिव्यक्ति दिएपछि सो को विवरण ७ दिनभित्र बुझाउन आयोगले निर्देशन दिएको छ । आयोगले मंगलबार एक विज्ञप्ति जारी गर्दै राजनीतिक दलको जुलुस वा आमसभामा भाग लिने वा प्रचार प्रसार गर्ने व्यक्तिले दलको निर्वाचन चिन्ह झण्डा अंकित लोगो, स्टिकर, कपडा, टोपी वा क्याप, भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क, लकेट नलगाउन र झोला नबोक्न भनेको छ ।
आयोगमा सिधै उजुरी गर्नुस्, कारवाही गर्छौं : आयुक्त भण्डारी
निर्वाचन आयोगमाथि आचारसंहिता पालनामा कडाई नगरेको भन्ने आरोप लाग्ने गरेपनि त्यो ठीक नभएको निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताए । उनले आयोगले आचारसंहिता पालनाबारे कडाईका साथ अनुगमन गरेको बताए । रातोपाटीसँग कुरा गर्दै आयुक्त भण्डारीले भने–‘आचारसंहिता नै पालना नगर्ने हो भने दलहरूलाई किन चाहियो चुनाव ? सबै दल, निर्वाचनका पक्षहरू अनुशासनमा, कानुनभित्र बस्नु प¥यो । निर्वाचन आयोगमाथि आरोप के छ भने सुन्दर अलङ्कार भरेर आचारसंहिता बनाउँछ, त्यो आचारसंहिता कसैले परिपालन पनि गर्दैन । अनि आयोगले अनुगमन गरेर त्यसलाई कार्यान्वयन गर्न तदारुकता पनि देखाउँदैन भन्ने जुन आरोप छ, त्यो आरोपबाट मुक्त हुनका लागि अहिले हामी आचारसंहिता अलि राम्रोसँग परिपालना होस्, परिपालना राम्रोसँग भयो/भएन राम्रोसँग अनुगमन होस भनेर हामी अघि बढिरहेका छौँ ।’
आयुक्त भण्डारीले आयोगले केन्द्रदेखि तल्लो निकायसम्म विभिन्न संयन्त्र बनाएर आचारसंहिता अनुगमन गरिरहेको छ । आचारसंहिता पालना नगर्नेमाथि तत्काल कारबाही प्रक्रिया अघि बढाउने उनले बताए । उनले भने–‘केन्द्रीय स्तरमा केन्द्रीय अनुगमन समिति छ, प्रदेश स्तरमा प्रदेश अनुगमन समिति छ, जिल्ला अनुगमन समिति छ, तहगत रुपमा जिल्ला अनुगमन समिति छ । निर्वाचन आचारसंहिता परिपालन भयो भएन भनेर हेर्न तहगत रुपमा माथिदेखि तलसम्म सबैले परिपालन गराउनका लागि अधिकार पनि प्रत्यायोजन भएको छ । सोहीअनुसार परिपालन गर्नुपर्छ । परिपालन नगरे अनुगमन कर्ताले कानुन अनुसार त्यसलाई कडाईका साथ हेर्ने र कानुन बमोजिम के के गर्न मिल्छ त्यो पनि गर्ने हो ।’
यस्तै आयोगले आचारसंहिता उल्लंघनका घटना भए सर्वसाधारणले सिधै आयोगमा उजुरी गर्न सक्ने व्यवस्था गरिएको छ । आयुक्त भण्डारीले सर्वसाधारणले सिधै आयोगमा उजुरी गर्नका लागि विभिन्न सञ्चारका माध्यम खुला रहेको र उजुरी आउने वित्तिकै अनुमान गरिने बताए । रातोपाटीसँग कुरा गर्दै भण्डारीले भने–‘आचारसंहिता उल्लंघन भएको अवस्थामा सर्वसाधारणले तुरुन्त उजुरी गर्न सक्नुहुन्छ, तुरुन्त इमेल लेख्न वा कल सेन्टरमा फोन गरेर जानकारी गराउन सक्नेछन् । भोइस मेलबाट उजुरी गर्न सक्नुहुन्छ । त्यसरी उजुरी आउने वित्तिकै हामी तत्कालै एक्सनमा गइहाल्छौँ ।’
आयोगले उम्मेदवारको कार्यालयमा तुलमा बनाइएको ३×३ फिटको दलको झण्डा र सोही नापको चुनाव चिन्ह बाहेक दलको प्रचारप्रसार गर्ने उद्देश्यले कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स, ग्लुसाइन बोर्ड, श्रव्यदृश्य सामग्री बजाउन र प्रदर्शन गर्न नहुने भनेको छ । साथै निर्वाचन प्रचार प्रसार, आमसभा तथा जुलुसमा १८ वर्ष उमेर पूरा नभएका बालबालिकाको प्रयोग गर्न वा गराउन नहुनेप्रति आयोगले सचेत गराएको छ । आयोगले यही चैत २५ गतेदेखि लागू हुनेगरी निर्वाचन आचारसंहिता जारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकार कार्कीमाथि भएको घटनाप्रति महासङ्घको ध्यानाकर्षण
-
सीके र रेशमको एकता : मिलनमाथि नै आशंका, कतिञ्जेल टिक्ला ?
-
विद्युत आपूर्तिको अवस्था तथा औद्योगिक ग्राहकहरुको विद्युत कटौती विषयमा छलफल
-
घुसपैठ गरेको आरोपमा शिक्षकहरूले कुटे स्कुलका कार्यालय सहयोगी
-
आकस्मिक बाहेकका सेवा बन्द गरेर चिकित्सकहरू निरन्तर आन्दोलनमा
-
नेप्सेमा ३.५८ अङ्कको वृद्धि, बढ्यो कारोबार