क्यानडाका राजदूतले उद्योग मन्त्री बडूलाई भने–नेपालमा लगानी बढाउन तयार छौं
नेपालका लागि क्यानडाका राजदूत क्यामेरोन डिन क्याक्यीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूसँग भेटघाट गरेका छन् । राजदूत क्यामेरोनले आज मन्त्रालयमै पुगेर नवनियुक्त मन्त्री बडूसँग भेट गरेका हुन् ।
भेटघाटका क्रममा नेपाल र क्यानडाबीच द्विपक्षीय मैत्रीपूर्ण सम्बन्धका विविध विषयमा छलफल भएको जनाइएको छ । छलफलमा मन्त्री बडूले नेपालको विकासमा क्यानडाले गरेको सहयोगको प्रशंसा गर्दै कोभिड महामारीमा स्वास्थ्य क्षेत्रमा गरेको सहयोगका लागि धन्यवाद व्यक्त गरे ।
यसप्रकारको सहयोगले दुई देशका सरकारबीच मात्र नभई जनस्तरमा समेत सम्बन्ध प्रगाढ बनाउन थप महत्वपूर्ण भूमिका खेल्ने मन्त्री बडूले बताए । क्यानडा सरकारले आगामी दिनमा पनि नेपाललाई यस्तै सहयोग गर्नेमा मन्त्री बडूले विश्वास व्यक्त गरे ।
छलफलमा राजदूतले क्यामेरोनले नेपाल सदैव क्यानडाको प्राथमिकतामा रहेको र दुई देशको सम्बन्धलाई थप सुदृढ बनाउन उद्योग, व्यापार, सूचना प्रविधि, शिक्षालगायत विभिन्न क्षेत्रमा लगानी बढाउन तयार रहेको बताए । क्यानडा सरकार तथा अन्य लगानीकर्ताहरूमार्फत थप लगानी वृद्धि गर्न तयार रहेको बताउँदै उनले लगानीमैत्री वातावरण र लगानीको सुरक्षाको प्रत्याभूतीमार्फत विश्वास सृजना गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरिदिन रास्वपाका मन्त्रीले लेखे मन्त्रिपरिषद्को कार्यालयलाई पत्र
-
यति एयरलाइन्सको जहाज जनकपुरमा आकस्मिक अवतरण
-
दुर्घटनाबाट बचाएको भन्दै शान्ति श्रीले दिइन् क्याप्टेन चन्दलाई धन्यवाद
-
उपेन्द्र यादवकै पक्षमा दृढताका साथ उभिन जसपा मधेस प्रदेशको आग्रह
-
बुटवलमा अनलाइन सट्टेबाज गराउने १३ जना पक्राउ
-
पाँच सय ७२ रोपनी जमिनमा भ्रष्टाचार गरेको अभियोगमा केही व्यक्ति दोषी ठहर