नेपाल अफगानिस्तानसँग पराजित
मङ्गलबार, २९ चैत २०७८, १८ : २९
एएफसी फुटसल एसियन कप छनोट अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपाल पराजित भएको छ । मंगलबार भएको खेलमा नेपाल अफगानिस्तानसँग ८–१ गोलको फराकिलो अन्तरले पराजित भएको हो । कीर्गिस्तानको बिश्केकस्थित गाज्पोर्म स्पोर्ट्स कप्लेक्समा मंगलबार भएको खेलमा नेपालले ब्यहोर्यको हारसँगै नेपाल प्रतियोगितामा जितविहिन भएको छ ।
छनोटको सेन्ट्रल र साउथ जोन अन्तर्गत समूह ‘बी’ मा रहेको अंक विहीन बनेर प्रतियोगिताबाट फर्कने भएको छ । छनोट अन्तर्गत नै पहिलो खेलमा नेपाल उज्वेकिस्तानसँग ५–१ गोल अन्तरले पराजित भएको थियो । दोस्रो खेलमा नेपाल ताजिकिस्तानसँग ११–१ ले पराजित भयो ।
यस समूहबाट उज्वेकिस्तान र ताजिकिस्तान एसिया कपमा छनोट भएको छ । उज्वेकिस्तान शीर्ष स्थानमा रहदै र ताजिकिस्तान दोस्रो स्थानमा रहेर एसिया कपमा पुगेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदी वार्ता : युक्रेन ३० दिने युद्धविरामका लागि अमेरिकी प्रस्ताव मान्न तयार
-
क्यानाडालाई स्टील र आल्मुनियममा ५० प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
-
पेरिस पुगेर फ्रान्सेली नागरिकलाई पर्यटनमन्त्री पाण्डेलेले दिए नेपाल भ्रमणको निम्तो
-
स्ववियु निर्वाचन : देशभर अधिकांश क्याम्पसमा उम्मेदवारी दर्ता, काठमाडौंमा शङ्करदेवसहित ७ क्याम्पसमा विवाद
-
१२ बजे, १२ समाचार : राष्ट्रिय सुरक्षा चुनौतीबारे प्रधानमन्त्री ओलीको चिन्तादेखि चैते धानको मूल्य निर्धारणसम्म
-
श्रीमतीसँग झगडा परेपछि हराएका महर्जन १७ दिनपछि शिवपुरी जङ्गलमा भेटिए मृत