सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको अध्यक्षमा स्वाँर

मङ्गलबार, २९ चैत २०७८, १८ : २३
मङ्गलबार, २९ चैत २०७८

देशभरका यातायात व्यवसायीको छाता सङ्गठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको अध्यक्षमा विजयबहादुर स्वाँर निर्वाचित भएका छन् । महासङ्घको आज सम्पन्न महाधिवेशनले स्वाँरलाई निर्विरोध अध्यक्ष पदमा निर्वाचित गरेको हो । यसअघि तीन कार्यकाल वरिष्ठ उपाध्यक्ष भएका स्वाँर छैँटौँ महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका हुन्।

महासङ्घको महासचिवमा डेकनाथ गौतम, उपमहासचिवमा पुरुषोत्तम सिङ्खडा, गगन रोका र शम्भु रिजाल, कोषाध्यक्षमा ज्ञानेन्द्र श्रेष्ठ तथा सहकोषाध्यक्षमा अर्जुन गौतम निर्विरोध निर्वाचित भएका छन् ।

यसैगरी, ट्याक्सीतर्फको वर्गीय संयोजकमा प्रकाश तिवारी तथा बागतमी प्रदेशबाहेक सबै प्रदेशको प्रदेश संयोजकसमेत निर्विरोध भएको छ । महासङ्घको वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्यमा भने निर्वाचन हुने कार्यक्रम रहेको छ । वरिष्ठ उपाध्यक्ष तीन पदको लागि पाँचजनाको उम्मेदवारी परेपछि निर्वाचन हुन लागेको हो ।

वरिष्ठ उपाध्यक्षका लागि वर्तमान वरिष्ठ उपाध्यक्षद्वय दीपक अधिकारी, हरिशरण केसी, वर्तमान महासचिव पुन्यप्रसाद (सरोज) सिटौला, वर्तमान उपाध्यक्ष ऐनकुमार शाही र केदार पौडेलको उम्मेदवारी परेपछि निर्वाचन हुन लागेको हो ।

यस्तै, उपाध्यक्ष, सचिव र सदस्यमा पनि आवश्यकताभन्दा बढी व्यवसायीको उम्मेदवारी परेपछि निर्वाचन हुन लागेको महाधिवेशन प्रचारप्रसार समितिका संयोजक एवं महासचिव सिटौलाले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप