बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

विमानस्थल चुस्तदुरुस्त बनाउन पर्यटनमन्त्रीको निर्देशन

मङ्गलबार, २९ चैत २०७८, ११ : ००
मङ्गलबार, २९ चैत २०७८

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपालका विमानस्थललाई थप विकसित बनाई चुस्तदुरुस्त अवस्थामा राख्न निर्देशन दिएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को बोर्ड सदस्यमा नियुक्त भएका दुई सदस्यलाई आज बोर्ड बैठकमा स्वागत गर्दै उनले विमानस्थललाई थप सुरक्षित तथा चुस्तदुरुस्त अवस्थामा राख्न निर्देशन दिए। 

नयाँ नियुक्त भएका सदस्यमा पूर्वमहानिर्देशक त्रिरत्न मानन्धर तथा रोशना चित्रकार छन् । प्राधिकरणको बोर्ड सञ्चालक समितिका अध्यक्षसमेत रहेका मन्त्री आलेले नवनियुक्त सदस्यसहित सबै पदाधिकारीलाई नागरिक उड्डयन प्राधिकरणको हितका लागि काम गर्न निर्देशन दिए।

केही पहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा घेराको तारबारबाट एक जना नागरिकभित्र छिरी जहाजभित्र पसेको उल्लेख गर्दै उनले सुरक्षा व्यवस्थालाई थप कडाइ गर्नुपर्नेमा जोड दिए । 

यसैगरी मन्त्री आलेले पछिल्लो समय नेपालका विभिन्न विमानस्थलमा जङ्गली जनवार बँदेल, स्याल छिर्ने तथा जहाज सञ्चालनमा समस्या हुने गरेको भन्ने सुनिएकाले विमानस्थलका पेरिमिटरमा नियमित गस्ती गर्न थप टोली परिचालन गर्नसमेत आग्रह गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप