शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवलको मेयरका लागि एमालेबाट ८ जनाको नाम सिफारिस

मङ्गलबार, २९ चैत २०७८, १७ : ५७
मङ्गलबार, २९ चैत २०७८

बुटवल उपमहानगरपालिकाको नगर प्रमुख (मेयर) पदमा नेकपा एमालेले ८ जनाको नाम सिफारिस गरेको छ ।

एमाले उपमहानगर कमिटीको बैठकले ८ जनाको नाम जिल्लामा सिफारिस गरेको हो । नगर अध्यक्ष किसन ज्ञवालीले ३ जना केन्द्रीय सदस्यसहितको नाम जिल्लामा पठाएको रातोपाटीलाई बताए ।

उनका अनुसार अहिलेका मेयर शिवराज सुवेदी, उपमेयर गुमादेवी आचार्य, गोपाल राना, बाबुराम भट्टराई, सावित्रा अर्याल, तेजेन्द्र केसी, रामप्रसाद रेग्मी र सूर्यबहादुर भट्टराई रहेका छन् । सुवेदी,  आचार्य र अर्याल केन्द्रीय सदस्य हुन् ।  यस्तै उपमेयरमा पनि ५ जनाको नाम सिफारिस गरिएको छ । जसमा खेम लुईँटेल, मधुकला कुवंर, टंक पराजुली, कल्पना  थापा र ज्ञानु के सी रहेको नगर अध्यक्ष ज्ञवाली बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप