सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

युरोप र रुसबीच बढ्दो दुरीले के इजरायललाई फाइदा होला ?

मङ्गलबार, २९ चैत २०७८, १७ : १९
मङ्गलबार, २९ चैत २०७८

युक्रेन हमलापछि युरोपेली खेश रुसको तेल र ग्यासमा निर्भरता कम गर्ने कोसिसमा प्रयासरत छन् । युरोपको यो कोसिसमा इजरायलले आफ्नो ग्यास बजारको सम्भावना देखेको छ ।

इजरायली विदेशमन्त्री येइर लेपिडले हालै आफ्नो एथेन्स यात्रापछि युक्रेन युद्धले युरोपमा मध्य पूर्वका देशको ऊर्जा बजारको संरचना फेरिन सक्ने बताएका थिए ।

उनले आफू युरोपेली देशमा थप आर्थिक सहयोगको मौका खोजी रहेको बताएका थिए । यो कोसिसमा एनर्जी मार्केटको सम्भावनाको खोजी गर्नेमा जोड दिइने पनि बताइएको थियो ।

समाचार एजेन्सी एएफपीका अनुसार इजरायल आफ्नो समुद्र तटबाट ग्यास निर्यातका लागि बाटो बनाउने कोसिस पछिल्लो थुप्रै वर्षदेखि गर्दै आएको छ । यद्यपि, यसको नतिजा भने मिश्रित पाइएको छ ।

टर्कीले इजराइलको ग्यास पाइपलाइनमा रुची देखाएको छ । टर्कीका ऊर्जामन्त्री अर्को हप्ता इजरायलको भ्रमण गर्न सक्छन् । वर्षौंको तित्तताबीच टर्की र इजरायलबीच हालै सम्बन्धमा सुधार देखिएको छ ।

इजरायलले सन् २०२० मा ग्रीस र साइप्रससँग ग्यास सप्लाईका लागि सम्झौता गरेको थियो । यसअन्तर्गत इजरायलबाट युरोपसम्म ग्यास पुर्याउनका लागि जुन पाइपलाइन बन्नेछ त्यो ग्रीस र साइप्रसबाट यात्रा गर्नेछ ।

युरोपेली युनियनमा समावेश देशका लागि रुसको तेल र ग्यासमा आफ्नो निर्भरता समाप्त गर्ने समयसीमा भिन्न हुनसक्छ । तर युरोपेली कमिसनकी अध्यक्ष उर्सुला वान दा लेयनले यी देशले सन् २०२७ सम्म रुसको तेल, ग्यास र कोइलामाथि आफ्नो निर्भरता कम गर्ने बताएकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप