आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

सत्ता गठबन्धनको बैठक बालुवाटारमा

मङ्गलबार, २९ चैत २०७८, १७ : ०२
मङ्गलबार, २९ चैत २०७८

स्थानीय तह निर्वाचनका सन्दर्भमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार अपरान्ह साढे ४ बजेबाट गठबन्धनको बैठक जारी रहेको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए  ।

बैठकमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव लगायतका नेता सहभागी छन् ।

बैठकमा गठबन्धनका उम्मेदवार जिताउने र चुनावी तालमेलको मापदण्ड बनाउनेबारे छलफल केन्द्रित छ । गठबन्धनका शीर्ष नेताहरूले सोमबार संयुक्त अपिल जारी गर्दै नेता–कार्यकर्तालाई सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न आह्वान गरेका थिए ।


देशैभर ठाउँ र अवस्थाअनुसार तालमेल मिलाएर चुनावमा आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न उनीहरुको आग्रह छ । तर गठबन्धनभित्र तालमेलको मापदण्डबारे सहमति भइसकेको छैन । आजको बैठकले संयन्त्रमार्फत तालमेलको मापदण्ड तयार पार्ने  बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप