बजार महँगीले लक्षित सीमा नाघ्यो, उच्चदरमा बढ्नुमा बाह्य कारण दोषी
पछिल्लो ८ महिनामा बजार महँगी अर्थात् उपभोक्ता मुद्रास्फीतिले लक्षित सीमा नाघेको छ । चालु आर्थिक वर्षका लागि मौद्रिक नीतिले उपभोक्ता मुद्रास्फीतिको अन्तिम सीमा वार्षिक विन्दुगत आधारमा अधिकतम ६.५ प्रतिशत राखेको थियो । तर, ८ औं महिनामा मौद्रिक नीतिको लक्षित अन्तिम सीमा क्रस गर्दै उपभोक्ता मुद्रास्फीति ७ प्रतिशत माथि गएको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो ८ महिना (साउनदेखि फागुनसम्म) उपभोक्ता मुद्रास्फीति अधिकतम ७.१४ प्रतिशत पुगेको छ । यस्तो मुद्रास्फीति अघिल्लो महिना (माघसम्म) ५.९७ प्रतिशत कायम रहेको थियो ।
एक महिनामा नै थप १.१७ विन्दुले बजार महँगी बढ्नुलाई भने प्रमुखतः बाह्य कारणलाई लिइएको छ । पछिल्लो समय बढ्दो रुस–युक्रेनबीचको तनावले विश्व बजारमा पारेको प्रभाव पेट्रोलियम पदार्थसँगै अन्य खाद्यान्न, तेल तथा अन्य आयातित वस्तुको मूल्य बढ्नुले यसको प्रभाव नेपालमा समेत पर्न गएको हो ।
बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा उपभोक्ता मुद्रास्फीति जम्मा ३.०३ प्रतिशत मात्र रहेको थियो । समीक्षा अवधिमा खाद्यान्न तथा पेय पदार्थको मुद्रास्फीति अधिकतम ७.५१ प्रतिशतले बढेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.८४ प्रतिशतले बढेको छ ।
२०७७ फागुन महिनाको तुलनामा २०७८ फागुनमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गतका घ्यू तथा तेल, तरकारी, दुधजन्य उत्पादन तथा अण्डा र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि क्रमशः २६.३४ प्रतिशतले, १३.९७ प्रतिशतले, ११.३० प्रतिशतले र १).३० प्रतिशतले बढेको छ ।
यस्तै, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात, विविध वस्तु तथा सेवा र शिक्षा उपसमूहको मुद्रास्फीति क्रमशः १६.२७ प्रतिशत, ९.०१ प्रतिशत र ८.७९ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।
क्षेत्रगत हिसाबमा यस्तो मुद्रास्फीति काठमाडौं उपत्यकामा ६.३१ प्रतिशत, तराईमा ७.३६ प्रतिशत, पहाडमा ७.६९ प्रतिशत र हिमालमा ७.५६ प्रतिशत रहेको बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुखले ध्यानाकर्षण गराएको नियमावलीको नियम २१ (ख) मा के छ ?
-
‘बजेटले कर प्रणाली सुधार र सहकारी संकट समाधानमा ध्यान दिन सकेन’
-
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित
-
जनता १८ घण्टा लोडसेडिङमा बस्दा सुविधा लिने उद्योगीले बक्यौता तिर्नैपर्छ : कुलमान घिसिङ
-
महावीर पुन मन्त्री बन्दै
-
संसद् बैठकमा प्रतिपक्षी दलले आफैँ समय तोकेर मौनधारण गरेपछि...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण