शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

स्मार्ट टेलिकमले ल्यायो ‘हर्षैहर्षको नयाँ वर्ष’  अफर

मङ्गलबार, २९ चैत २०७८, १६ : १४
मङ्गलबार, २९ चैत २०७८

स्मार्ट टेलिकमले नयाँ वर्षको उत्सवलाई रोमाञ्चक बनाउन ‘हर्षैहर्षको नयाँ वर्ष’ नामक अफर ल्याएको छ । यस अफर अन्तर्गत ‘रिचार्जमा बेनिफिट्स’ र ‘न्यु एअर डाटा’ अफर रहेको कम्पनीले जनाएको छ ।

यस नयाँ वर्षको अफरले ग्राहकहरूलाई प्रत्येक रिचार्जमा भ्वाइस प्याक, डाटा प्याक, एसएमएस प्याक आदि लगायत विभिन्न प्रकारका बोनसहरू उपहार दिने कम्पनीले जनाएको छ । 

प्रत्येक रिचार्जमा बोनसका साथै ग्राहकको दैनिक डाटा आवश्यकता र चाडपर्वको समयमा आवश्यक पर्ने डाटालाई ध्यानमा राख्दै स्मार्टले नयाँ वर्षको अवसरमा सीमित समयको आकर्षक डाटा प्याक अफर ल्याएको जनाएको छ।  असअनुसार ग्राहकले मात्र रु. ४५ मै ३ जीबी डाटा पा्रप्त गर्न सक्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप