बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

समीक्षाले गाइन् ‘नो मनी, जोगी बनि डुल्छु फनफनी’

मङ्गलबार, २९ चैत २०७८, १६ : १३
मङ्गलबार, २९ चैत २०७८

गायिका समीक्षा अधिकारी र कृष्ण काफ्लेको स्वरमा रहेको ‘नो मनी जोगी बनि डुल्छु फनफनी’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा विजय गिरीको शब्द, सरोज प्याकुरेलको संगीत र विषम आचार्यको संगीत संयोजन रहेको छ ।

गीतको भिडियोमा सुरेश कोली र मनिषा थापाको अभिनय रहेको छ । महेन्द्र निरौलाको निर्देशन रहेको भिडियोले पैसा नभएका साथी सर्कलको रमाइला घटनाहरु समेटिएको छ । भिडियोले घरबाट अभिभावकले ‘पकेट मनी’ नदिने, पढाइमा कम, मायामा बढि ध्यान दिने युवा पुस्ताको कथा देखाएको छ । 

गीतबाट युवाहरुमाझ सकारात्मक सन्देश दिन खोजेको गीतकार गिरीले बताए । सुशिल डाँगीको छायांकन रहेको भिडियो निराजन केसीले  सम्पादन गरेका हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप