‘कानमा बसेको चमेरो भन्दा अपमान भएको छैन’
मङ्गलबार, २९ चैत २०७८, १६ : ०७
नेकपा एमालेका अध्यक्ष केपी ओलीले माधव कुमार नेपाललाई पार्टी महासचिव, प्रधानमन्त्री र वरिष्ठ नेता मान्दा अपमान भएको तर काँग्रेसले कानमा बसेकोे चमेरो भन्दा अपमान नभएको भन्दै काँग्रेस नेताहरुलाई अझै भन्न सुझाव दिएका छन् ।
मंगलबार ललितपुरमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले माधव नेपालहरू चमेरो भन्न लायक नै भएको बताए । ‘वरिष्ठ नेता भनेर मान्दा माधव नेपाललाई अपमान भयो, अहिले काँग्रेसमा छिछि दुरदुर गर्या छन् । हाम्रा कानमा बसेको चमेरो, छ्या भन्छन्’, ओलीले भने,‘चुप लागेर बस्छन् अपमान भएको छैन । किन तिनीहरु त्यही लायक छन् त किन अपमान ?’
उनले काँग्रेस नेताहरुलाई त्यसै भन्न सुझाव समेत दिए । ‘भन काँग्रेस हो भन मजाले भन, किनभने त्यही लायक छन्’, ओलीको भनाइ छ ।
याे पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण