बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

‘कानमा बसेको चमेरो भन्दा अपमान भएको छैन’

मङ्गलबार, २९ चैत २०७८, १६ : ०७
मङ्गलबार, २९ चैत २०७८

नेकपा एमालेका अध्यक्ष केपी ओलीले माधव कुमार नेपाललाई पार्टी महासचिव, प्रधानमन्त्री र वरिष्ठ नेता मान्दा अपमान भएको तर काँग्रेसले कानमा बसेकोे चमेरो भन्दा अपमान नभएको भन्दै काँग्रेस नेताहरुलाई अझै भन्न सुझाव दिएका छन् । 

मंगलबार ललितपुरमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले माधव नेपालहरू चमेरो भन्न लायक नै भएको बताए । ‘वरिष्ठ नेता भनेर मान्दा माधव नेपाललाई अपमान भयो, अहिले काँग्रेसमा छिछि दुरदुर गर्या छन् । हाम्रा कानमा बसेको चमेरो, छ्या भन्छन्’, ओलीले भने,‘चुप लागेर बस्छन् अपमान भएको छैन । किन तिनीहरु त्यही लायक छन् त किन अपमान ?’

उनले काँग्रेस नेताहरुलाई त्यसै भन्न सुझाव समेत दिए । ‘भन काँग्रेस हो भन मजाले भन, किनभने त्यही लायक छन्’, ओलीको भनाइ छ ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप