सेनाका खेलाडीलाई ३३ पदक
विभिन्न खेलकुद प्रतियोगितामा नेपाली सेनाका खेलाडीहरु विजयी भएका छन् । सेनाको त्रिभुवन आर्मी क्लबका खेलाडीहरूले विभिन्न स्थानमा संचालन भएका प्रतियोगिताहरूमा सहभागी भई १० स्वर्ण , १२ रजत र ११ कास्य गरी कुल ३३ पदक जितेका हुन् ।
जसअनुसार चैत्र २४ गते २६ गतेसम्म ललितपुरमा संचालन भएको “प्रथम कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराँते प्रतियोगिता” मा सेनाका खेलाडीले ४ स्वर्ण , ५ रजत र ३ कास्य पदक जित्न सफल भएका छन् ।
यसैगरी चैत्र २४ गतेदेखि २६ गतेसम्म ‘सातौं राष्ट्रिय पुरुष खोस्खोस् प्रतियोगिता’ मा प्रथम स्थान हासिल गरी सेना टिम च्याम्पियन बन्न सफल भएको छ । यसैगरी चैत्र २१ गतेदेखि २४ गतेसम्म उदयपुरमा भएको ‘खुल्ला मेयर कप राष्ट्रिय पुरुष ह्याण्डबल प्रतियोगिता’ मा पनि सेनाका खेलाडी प्रथम स्थान हासिल गर्न सफल भएको छन् ।
यसैगरी थाईल्याण्डको बैङ्ककमाचैत्र १८ गतेदेखि २७ गतेसम्म संचालन भएको ‘थाईल्याण्ड ओपन अन्तर्राष्ट्रिय बक्सिङ्ग च्याम्पियनसिप’ मा पनि सेनाका खेलाडीले एउटा कास्य पदक जित्न सफल भएका छन् । यसैगरी राष्ट्रिय जागृति क्लबको आयोजनामा चैत्र १९ गतेदेखि २६ गतेसम्म सुनसरीमा भएको इटहरी गोल्डकपमा सेनाका खेलाडी द्वितीय स्थान हासिल गर्न सफल भएका छन् ।
सिक्‍किमचैत्र २६ गते संचालन भएको दुलाथनमा सेनाकै खेलाडीले एउटा स्वर्ण पदक २ वटा रजत पदक र एउटा कास्य पदक जितेका छन् । चैत्र २५ गतेदेखि २७ गतेसम्म काठमाडौंको खुसिबुमा संचालन भएको जुडोमा पनि सेनाका खेलाडीले ४ स्वर्ण ५ रजत र ६ कास्य पदक जितेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
यसैगरी चैत्र २६ गते संचालन भएको “तेस्रो जुम्ला रारा अल्ट्रा म्याराथन(२०७८” मा पन सेनाका खेलाडीले १ स्वर्ण पदक जितेको सेनाले जारी गरेको विज्ञप्मिा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोशीका बाढीपहिरो प्रभावितलाई बल्ल अस्थायी आवास निर्माण
-
शिवसताक्षीका चार वडालाई नुनिया धानको पकेट क्षेत्र घोषणा
-
म्याग्दीमा सुन्तला बिक्री गर्न बजार खोज्नुपर्ने झन्झट हट्यो
-
एक महिनापछि बुटवल–गोरुसिङ्गे सडक विस्तार, ७ हजार एक सय रुख काट्ने तयारी
-
बन्दीपुर भ्रमण वर्षको प्रचारप्रसार गर्दै गाउँपालिका
-
सकियो सम्झौता अवधि, सकिएन करिडोरको काम