शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

‘जनताले विकल्प चाहेका छन्’

मङ्गलबार, २९ चैत २०७८, १५ : ५२
मङ्गलबार, २९ चैत २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता सगुन सुन्दर लावतीले स्थानीय तहको निर्वाचनमा मतदाताको छनौटमा परिवर्तन आउने जिकिर गरेका छन् । जनताले फरक दल र फरक प्रतिनिधिलाई चुन्ने उनले दावी गरे ।

‘नेपाली जनता विकल्प चाहन्छन् । त्यसकारण जनताले विगतभन्दा फरक रुपमा मतदान गर्नेछन् । जनताले फरक पार्टी र फरक उम्मेदवारलाई मत दिने छन्, जनताको प्राथमिकता र चाहनामा परिवर्तन आउने छ,’ प्रवक्ता लावतीले भने । भारतको आवधिक निर्वाचनहरूमा कांग्रेस आईको घट्दो लोकप्रियता र भाजपाको उदय चित्रण गर्दै लावतीले आगामी निर्वाचनमा मतदाताको प्राथमिकता परिवर्तन हुने दावी गरे ।

पाथीभरा याङवरक गाउँपालिकास्तरीय चुनावी भेलालाई सम्बोधन गर्दै लावतीले सो विचार व्यक्त गरेका हुन् । ‘सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमा हुने गरेको अवस्था विद्यमान छ । यस्तो कहालीलाग्दो अवस्थालाई चिरेर राप्रपाले भ्रष्टाचारमुक्त प्रशासन कायम गर्ने छ । राप्रपाका कुनै पनि प्रतिनिधिले भ्रष्टाचार गर्ने छैन, गर्न दिने छैन । समाजको यो महारोग पूर्ण नियन्त्रण गर्नेछ,’ उनले भने ।

लावतीले राप्रपाले जितेका स्थानमा १२ कक्षासम्म निशुल्क शिक्षा उपलब्ध गर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप