सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

अध्यादेश प्रतिस्थापन गर्न ल्याइएको विधेयक पारित

मङ्गलबार, २९ चैत २०७८, १५ : ३४
मङ्गलबार, २९ चैत २०७८

मधेस सरकारले दुईवटा अध्यादेशको प्रतिस्थापन गर्न ल्याएको विधेयक सर्वसम्मतिले पारित भएको छ ।

मंगलबार प्रदेशसभाबाट मधेश प्रदेश सरकारले ल्याएको अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएको विधेयक सर्वसम्मतिले पारित भएको हो ।

प्रदेशसभा बैठकबाट दुवै अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक सर्वसम्मतिले पास भएको सभामुख उपमा देवले सदनलाई जानकारी दिइन् ।

प्रदेश सरकारले ल्याएको अध्यादेश प्रदेश कृषि विश्वविद्यालय अध्यादेश २०७८ र प्राविधिक विश्वविद्यालय अध्यादेश २०७८ लाई प्रतिस्थापन गर्न प्रदेशसभामा प्रदेश सरकारले विधेयक ल्याएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप