आजबाट पुनः काठमाडौं पठाइयो मेलम्ची नदीको पानी
मेलम्ची नदीको पानी पुनः पथान्तरण गरिएको छ । खानेपानी मन्त्री उमाकान्त चौधरीले आज १ नं डाइभर्सन गेटबाट पानी पथान्तरण गरी ३८ नं को गेट खोलेर उद्घाटन गरे । गत असार १ गते गएको बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा क्षति पुगेको थियो ।
सरकारले यही चैत मसान्तभित्र पानी काठमाडौँ पु¥याउने घोषणा गरेको थियो । पानी पठाउन आज सुरु गरिए पनि काठमाडौँमा पानी उपलब्ध गराउन अझै दुई साता लाग्नसक्ने बताइएको छ । गत वर्ष चैत १७ गतेदेखि राजधानीमा मेलम्ची खानेपानी आयोजनाको पानी झार्न थालिएको थियो । वैशाखमा दोस्रो चरणमा गरेर राजधानीमा १७ करोड लिटर पानी वितरण थालिएको थियो ।
परीक्षणका लागि असार १ गते मेलम्ची आयोजना विकास समितिले सुरुङमा पानी बन्द गरेको थियो । त्यसको भोलिपल्टै मेलम्ची नदीमा बाढी आएसँगै मेलम्चीको पानी वितरण प्रक्रिया अवरुद्ध बनेको थियो । सुरुङमा प्रतिसेकेण्ड २६५ लिटर पानी हालिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौडेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविसहित १४ जनालाई एकैपटक जारी भयो पक्राउ पुर्जी
-
इन्टरनेटमार्फत हुने भुक्तानी प्रणालीको विकल्प खोज्नुपर्ने राष्ट्र बैंकको निष्कर्ष
-
त्रिविको ५० औँ दीक्षान्त समारोहका लागि आवेदन फारम भर्ने म्याद थप
-
पोखरामा रास्वपाको आकस्मिक बैठक
-
पक्राउ पुर्जीपछि रास्वपा कार्यालयमा कार्यकर्ताको भिडभाड, तस्बिरहरू
-
पक्राउ पुर्जी जारी भएपछि रविले भने, ‘सरकार मर्यो, हामीलाई जुठो पर्यो'