उपकार लघुवित्तको आईपीओ भर्ने समय थपियो, छुटेकाहरूका लागि थप एक दिन मौका
उपकार लघुवित्तको आईपीओको समय थप भएको छ । कम्पनीले चैत २५ गतेदेखि २९ गतेसम्मका लागि सर्वसाधारणमा जारी गरेको प्राथमिक सेयर (आईपीओ)को समय थप एक दिन बढाएर ३० गतेसम्म पुर्याइएको हो ।
आईपीओको बिक्रीका लागि तोकिएको समय सीमा भित्र २७ गते सार्वजनिक विदा परेकाले थप एक बढाइएको कम्पनीले जनाएको छ । इच्छुक लगानीकर्ताहरूले भोलि अर्थात् चैत ३० गतेसम्म कम्पनीको आईपीओ खरिदका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीले चैत २५ गतेबाट २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ३६ हजार २५० कित्ता आईपीओ निष्काशन गरेको थियो । कुल आईपीओ मध्ये ५ प्रतिशत अर्थात ११ हजार ८१३ कित्ता सामूहिक लगानी कोष र ०.५ प्रतिशत अर्थात् ३ हजार २८१ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएर बाँकी रहेको २ लाख २१ हजार १५६ कित्ता सर्वसाधारणका लागि जारी गरिएको छ ।
इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सरविरुद्धको सबै खोप ल्याइयो
-
खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
-
वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको घटनाप्रति कांग्रेसको निन्दा
-
१० बजे १० समाचार : रिहा भए रवि, राष्ट्रपतिलाई मनाउन प्रमको फोन
-
अध्यादेशले तरंगित राजनीति, एकैसाथ जुर्मुराए सरकार र प्रतिपक्ष
-
रवि विरुद्ध बहस गरेकै कारण वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण