बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

दृष्टि सम्बन्धी समस्या न्यूनीकरण गर्न सानिमा बैंक नेत्र ज्योति संघबीच समझदारी पत्रमा हस्ताक्षर

मङ्गलबार, २९ चैत २०७८, १२ : ४०
मङ्गलबार, २९ चैत २०७८

सानिमा बैंक लिमिटेड र नेपाल नेत्र ज्योति संघका बिच दृष्टि सम्बन्धी समस्याका क्षेत्रमा पारस्परिक सहकार्य गर्न समझदारी भएको छ । उक्त समझदारी पत्रमा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डे र नेपाल नेत्र ज्योति संघका अध्यक्ष प्रो.डा.चेतराज पन्तले हस्ताक्षर गरे ।  

यसै क्रममा सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मधेश प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा रहेका नेपाल नेत्र ज्योति संघ मातहतमा संचालित आँखा उपचार केन्द्र तथा अस्पतालमा आँखा सम्बन्धी रोगको उपचार तथा उपकरण खरिदका लागि आर्थिक सहयोग उपलब्ध गराउने जनाएको छ ।

बैंकले विगतमा पनि दृष्टि सम्बन्धी समस्याको रोकथाम र न्यूनीकरणको लागि संघसँग सहकार्यको काम गर्दै आएको अवस्थामा यस समझदारीले सम्बन्धित प्रदेशका लक्षित वर्गमा दृष्टि सम्बन्धी समस्याको समयमै पहिचान, रोकथाम तथा उपचारमा अझ बढि टेवा पुग्ने विश्वास लिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप