जाजरकोटको बारेकोट गाउँपालिका अध्यक्षमा एमालेबाट वीरबहादुर उम्मेदवार

नेकपा एमालेले जाजरकोटको बारेकोट गाउँपालिकाको अध्यक्षमा वीरबहादुर गिरीलाई उम्मेदवार बनाउने भएको छ । सोमबार पार्टीको गाउँ कमिटी बैठकले गिरीलाई गाउँपालिका अध्यक्षमा उम्मेदवार बनाउने निर्णय गरेको हो । एमाले निकट प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष समेत रहेका गिरी लामो समयदेखि शिक्षण पेशामा समेत सक्रिय थिए । उनी एमाले जाजरकोटको छैटौं जिल्ला अधिवेशनबाट नेकपा एमालेको जिल्ला सचिवमा विजयी भएका थिए ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा यो गाउँपालिकाबाट काँग्रेसले अध्यक्षमा र माओवादी केन्द्रले उपाध्यक्षमा जित हासिल गरेको थियो । यहाँ एमाले तेस्रो शक्तिका रुपमा छ । पालिका अध्यक्षमा काँग्रेसका महेन्द्रबहादुर शाहले २ हजार १४८ मत ल्याएर जित हासिल गरेका थिए भने एमालेका मिमबहादुर सिंहले २ हजार १०७ मत ल्याएका थिए । अध्यक्षमै माओवादी केन्द्रले २ हजार १२९ मत ल्याएको थियो । पालिकामा काँग्रेस, माओवादी केन्द्र र एमालेबीच कडा टक्कर देखिए पनि सत्तारुढ गठबन्धनबीच तालमेल भएको अवस्थामा यहाँ एमाले कमजोर साबित हुने निश्चित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रसङ्घको ‘इरान लक्षित’ बैठकबारे सोधपुछका लागि युरोपेली कूटनीतिज्ञलाई पत्राचार
-
वीरगञ्जका ५० प्रतिशत मासु पसल अनुमतिबिना सञ्चालन
-
क्लिन हिरो प्रोजेक्टको ठमेल सफाइ अभियान
-
दोलखाका विभिन्न विद्यालयमा कम्प्युटरसहित शैक्षिक सामाग्री सहयोग
-
मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु
-
१० बजे १० समाचार : तारकेश्वर जग्गा विवाददेखि विद्या भण्डारीको बढ्दो सक्रियतासम्म