मधेस प्रदेशमा चुनाव केन्द्रित रणनीति बनाउँदै दलहरु
स्थानीय तहको निर्वाचन केन्द्रित रणनीति बनाउन दलहरु जुटेका छन् । यस क्रममा मंगलबार सत्तारुढ गठबन्धनको प्रदेशस्तरीय बैठक महोत्तरीको बर्दिबासमा बस्दैछ । बर्दिबासमै नेकपा एमालेको बैठक पनि जारी छ । एमालेले बैठकमा चुनावी रणनीतिबारे छलफल गरिरहेको छ । स्रोतका अनुसार पालिकामा उम्मेदवार छनोट लगायतका विषयमा छलफल हुँदैछ ।
गठबन्धनको बैठकमा भने पालिका कमिटी, जिल्ला कमिटी तहबाट आ–आफ्नो पार्टीबाट संकलित प्रतिवेदनका आधारमा दलहरुले चुनावी तालमेलको खाका निर्माणका लागि छलफल गर्दैछन् ।
बैठकमा गठबन्धनका घटक नेपाली काँग्र्रेस मधेस प्रदेश समितिका अध्यक्ष कृष्णप्रसाद यादव, जनता समाजवादी पार्टी नेपाल मधेस प्रदेश समितिका अध्यक्ष रामबाबु यादव, नेकपा माओवादी केन्द्र मधेस प्रदेश समितिका सचिव योगकुमार बरबरिया ‘जीवन’, नेकपा एकीकृत समाजवादी मधेस प्रदेश समितिका अध्यक्ष रामचन्द्र यादव र राष्ट्रिय जनमोर्चाका प्रतिनिधिको सहभागिता छ ।
आजै लोकतान्त्रिक समाजवादी पार्टी नेपालको मधेस प्रदेश समितिको बैठक दिउँसो जनकपुरधाममा बस्दैछ । बैठकमा चुनावी तालमेल तथा उम्मेदवार चयनका सन्दर्भमा छलफल हुने लोसपा नेपालका एक नेताले बताए ।
मधेस प्रदेशमा १३६ वटा पालिका छन् । तीमध्ये सत्तारुढ गठबन्धनले कति पालिकामा आपसमा तालमेल गर्ने हो भन्ने प्रस्ट भइसकेको छैन ।
यता एमाले र लोसपाले भने उम्मेदवारी छनोट प्रक्रियालाई तीव्रता दिएका छन् । यसबीचमै एमाले–लोसपा गठबन्धन बनाएर मधेस प्रदेशमा चुनावमा जाने सन्दर्भमा समेत छलफल भइरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली प्रधानमन्त्री नेतहन्याहू ट्रम्पको पहिलो पाहुना, ह्वाइट हाउसमा गम्भीर भेटवार्ता
-
नारायणको बार आज कसलाई कस्तो लाभ ? हेरौँ राशिफल
-
एटलान्टालाई हराउँदै बोलोग्ना कोपा इटालियाको सेमिफाइनलमा
-
अमेरिकी डलरको भाउ घट्यो, विदेशी मुद्रा अन्यको मूल्य कति ?
-
एटलेटिको मड्रिड कोपा डेल रे’को सेमिफाइनलमा
-
भटमास र सूर्यमुखी तेलको निर्यात बढ्यो