सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

रुकुम पश्चिमको टावरमा खराबी आउदा डोल्पामा असर

मङ्गलबार, २९ चैत २०७८, १० : २७
मङ्गलबार, २९ चैत २०७८

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको हिमाली क्षेत्र गोतामकोटमा रहेको नमस्ते प्रविधिको टावरमा खराबी आउँदा डोल्पामा  सञ्चार सेवा अवरुद्ध भएको छ । दुइ दिनदेखि अवरुद्ध जाजरकोट पूर्वी क्षेत्र , रुकुमको आठबीसकोटको माथिल्लो भाग र डोल्पाको तल्लो भाग सञ्चार सेवाबाट बन्चित भएको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए ।

यता नेपाल टेलिकम क्षेत्रिय कार्यालय नेपालगन्जले प्राविधिक सहितको टोली मंगलबार पठाउने काम सुरु भएको बताएको छ । चुनावको मुखैमा सञ्चार सेवा अवरुद्ध हुँदा सेवाग्रही मर्कामा परेका छन् ।

जाजरकोट पूर्वमा टेलिफोन टावर सञ्चालमा रहदा पनि राम्रो सँग काम नगर्ने , आवाज नबुझिने समस्य रहेको नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप