शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

माओवादीले सिफारिस गर्‍यो मेलम्ची नगरपालिका मेयर र उपमेयर

मङ्गलबार, २९ चैत २०७८, ०८ : ०५
मङ्गलबार, २९ चैत २०७८

नेकपा माओवादी केन्द्रले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका मेयर र उपमेयरका उम्मेदवारका लागि सिफारिस गरेको छ । मेलम्ची नगरपालिका मेयर र उपमेयर ३/३ जनाको नाम सिफारिस भएको केन्द्रीय सदस्य युवराज दुलालले बताए । सोमबार बसेको नगरपालिकाको बैठकले सर्वसम्मत रुपमा उम्मेदवार चयन गर्न नसकेपछि ३/३ जनाको नाम सिफारिस गरिएको हो ।

दुलालका अनुसार मेयरका लागि चन्द्रबहादुर थापा, देबेन्द्र घोरासैनी र उदन आलेको नाम सिफारिस भएको छ। यस्तै उपमेयरमा मुनादेवी ढकाल, लक्ष्मी ढकाल, मिथिला सिग्देलको नाम सिफारिस भएको दुलालले बताए । यसअघि निर्वाचन माओवादी यस नगरमा तेस्रो भएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप