गुजरातको पहिलो हार
मङ्गलबार, २९ चैत २०७८, ०८ : ०४
सनराइजर्स हैदराबादसँग ८ विकेटले पराजित हुँदै इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० प्रतियोगितामा सोमबार गुजरात टाइटन्सले पहिलो हार व्यहोरेको छ । यता, हैदराबादको भने यो दोस्रो जित हो । सोमबार राति मुम्बईमा १६३ रनको लक्ष्य पछ्याएको हैदराबादले १९ ओभर १ बलमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।
कप्तान केन विलियम्सनले सर्वाधिक ५७ रन बनाए । यस्तै अभिषेक शर्माले ४२ रनको योगदान गरे । गुजरातका हार्दिक पान्ड्या र राशिद खानले समान १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ७ विकेट गुमाएर १६२ रन बनायो । उसका कप्तान हार्दिकले ५० रन बनाए । हैदराबादका भुवनेश्वर कुमार र टी नाटराजनले समान २ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सानेपामा भारतीय नम्बरको ट्रकले ४ वटा गाडीलाई ठक्कर दियो, २ जना घाइते
-
चार महिनामा १० अर्बको खाद्यान्न आयात
-
नेपाल वायुसेवा निगमले माथिल्लो भाडादरमा अन्तर्राष्ट्रिय टिकट नबेच्ने
-
राष्ट्रिय गौरवका आयोजनाहरूमा देखिएका समस्याको समाधान तत्काल गर्न प्रधानमन्त्रीको निर्देशन
-
पूर्वमन्त्रीको संलग्नतामा मानव तस्करी प्रकरण : प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन
-
काठमाडौँ महानगरले १६ दिने लैङ्गिक हिंसाविरुद्धको अभियान सञ्चालन नगर्ने