बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

तालमेलको मापदण्ड बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

मङ्गलबार, २९ चैत २०७८, ०७ : ५१
मङ्गलबार, २९ चैत २०७८

स्थानीय  निर्वाचनका सन्दर्भमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा  साँझ ४ बजे बैठक बस्न लागेको हो ।  सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचन सफल बनाउनेबारे विषयमा छलफल हुने बताए । 

उनले भने, 'गठबन्धनका उम्मेदवार जिताउनेबारे विस्तृत छलफल भएको हुन्छ । चुनावी तालमेलको मापदण्डबारे पनि निष्कर्षमा पुग्छौँ ।' गठबन्धनका शीर्ष नेताहरूले सोमबार संयुक्त अपिल जारी गर्दै नेता–कार्यकर्तालाई सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न आह्वान गरेका थिए ।

देशैभर ठाउँ र अवस्थाअनुसार तालमेल मिलाएर चुनावमा आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न उनीहरुको आग्रह छ । तर गठबन्धनभित्र तालमेलको मापदण्डबारे सहमति भइसकेको छैन ।

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता खनालले  पनि आजको बैठकले संयन्त्रमार्फत तालमेलको मापदण्ड तयार पार्ने बताए ।  उनले भने, ‘कुन तहबाट कसरी एक–आपसमा एकता गर्ने भन्नेबारे मंगलबार बैठकमा एउटा मापदण्ड बनाउछौं ।’  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप