पर्सामा नेपाल प्रहरीले सुरक्षा व्यवस्था कडा बनायो
आसन्न स्थानीय तहको निर्वाचनलाई लक्ष्य गरी पर्सामा नेपाल प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । विशेषगरी भारतसँग सिमाना जोडिएको क्षेत्रमा भारतीय सुरक्षा निकायको समन्वयमा सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए ।
विशेष गरी निर्वाचनमा सीमा क्षेत्रमा आपराधिक क्रियाकलाप हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको उनले बताए । सीमा क्षेत्रमा हातहतियार ओसारपसार र अवैध सामानको ओसारपसारसहित सबै प्रकारका आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने प्रहरीको मुख्य योजना छ ।
जिल्ला प्रहरी कार्यालय मातहातका सबै युनिटलाई आवश्यकतानुसार परिचालन गरी गाउँदेखि सहरसम्म सबै स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको उहाँले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय मातहतमा इलाका प्रहरी कार्यालय (क क्षेणी) तीन, इलाका प्रहरी कार्यालय (ख क्षेणी) सात, वडा प्रहरी दुई, सीमा प्रहरी चौकी तीन, प्रहरी चौकी २८ र अस्थायी प्रहरी पोष्ट १२ गरी कूल ७१ प्रहरी युनिट छन् । नेपाल प्रहरीतर्फ जिल्लाभरि कूल एक हजार १६७ दरबन्दी रहेको यस जिल्लामा हाल ९४३ प्रहरी कार्यरत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेश प्रदेशका सांसद अभिराम शर्मा निलम्बित
-
हात्तीपाइले रोगविरुद्धको औषधी सेवनले एक जनाको मृत्यु, स्वास्थ्य मन्त्रालयले थाल्यो छानबिन
-
६ जना सचिवको सरुवा : को कहाँ पुगे ?
-
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन मन्त्रालयकाे अपिल
-
तीन तहकै सरकारलाई प्रभावकारी बनाउन ध्यान दिइएन : मन्त्री जोशी
-
डढेलो रोक्न हेलिकोप्टर प्रयोगबारे मन्त्रिपरिषद्मा गृहमन्त्री लामिछानेको प्रस्ताव