आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

२४ घण्टामा आगलागी र चट्याङ लागेर ३ जनाको मृत्यु, ६ जना घाइते

सोमबार, २८ चैत २०७८, २२ : २४
सोमबार, २८ चैत २०७८

पछिल्लो २४ घण्टामा आगलागी र चट्याङ लागेर ३ जनाको मृत्यु भएको छ । घटनामा ६ जना घाइते भएका छन् । गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मकवानपुरको राकसिराङ गाउँपालिकामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । चट्याङ लागेर सोही स्थानका २ जना घाइते भएका छन् ।

उता झापा गौरादह नगरपालिका ५ की ४० वर्षीय एक महिलाको पनि चट्याङ लागेर मृत्यु भएको छ । त्यस्तै मोरङको केराबारी गाँउपालिका ४ मा आगलागीमा परेर ४१ वर्षीय एक महिलाको मृत्यु भएको प्राधिकरणले जनाएको छ ।

यता तनहुँको म्याग्दे गाउँपालिका चट्याङ लागेर २ जना घाइते भएका छन् भने शुक्लागण्डकी नगरपालिकामा पनि चट्याङ लागेर १ जना घाइते भएका छन् । त्यसैगरी सप्तरीको तिरहुत गाउँपालिकामा आगलागी हुँदा १ जना घाइते भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप