बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

नेपालबाट उच्च शिक्षा तथा रोजगारीका लागि जापान जान चाहनेहरु हवात्तै बढे

सोमबार, २८ चैत २०७८, २२ : ०८
सोमबार, २८ चैत २०७८

हार्डफोड एजुकेशनले आइतबार उच्च शिक्षा तथा रोजगारीका लागि जापान जान चाहनेहरुलाई लक्षित गरी एक दिने सेमिनार सम्पन्न गरेको छ । सेमिनारमा उपस्थित विद्यार्थी तथा वर्किङ भिषामा जापान जान चाहनेहरुका लागि परामर्श तथा जापान जाने प्रक्रियाहरूका बारे जानकारी गराइएको थियो । पछिल्ला समय नेपालबाट उच्च शिक्षा  रोजगारीका लागि जापान जान चाहनेहरु हवात्तै बढेकाले उनीहरुलाई सही परामर्श दिने उदेश्यले सेमिनार आयोजना गरिएको हार्डफोड एजुकेशनका प्रबन्ध निर्देशक महेश श्रेष्ठले बताए । 

नयाँ बानेश्वर स्थीत इन्दे्रणी फुडल्याण्डको हलमा सम्पन्न सो सेमिनारमा एनआरएनए जापानको उपाध्यक्ष संगिता अधिकारी प्रमुख अतिथिको रुपमा उपस्थित थिइन् । उनले सहभागीहरुको जिज्ञासामा सम्बोधन गर्नुका साथै परामर्श दिएकी थिइन् । हार्डफोड एजुकेशनले गरेको सोही सेमिनारको सन्र्दभमा प्रबन्ध निर्देशक महेश श्रेष्ठ संक्षिप्त कुराकानी गरिएको छ ।

यो सेमिनार आयोजना गरिनुको मुल उद्देश्य के हो ?
नेपालबाट उच्च शिक्षा तथा रोजगारीका लागि जापान जान चाहनेहरु अहिले हवात्तै बढेका छन् । त्यही भएर उच्च शिक्षाका लागि जापान जाने प्रक्रिया के हो ? लागत कति लाग्छ ? कसरी जान सकिन्छ ? यी सबै कुराको जानकारी र लामो समयदेखि अन्यौलमा रहेको वर्किङ बारेमा, वर्किङ भिषाको बारेमा, वर्किङ भिषा अन्र्तगत पनि एसएसडब्लु भिषा स्पेशिफाईड स्कील वर्कर भन्छ, त्यसको बारेमा । अर्को ट्रनि भिषा भन्छ त्यसको बारेमा जानकारी गराउने र कसरी जान सकिन्छ भनेर परामर्श दिने हिसावले सेमिनार आयोजना गरेका हौं ।

सहभागिता कस्तो रह्यो ?
एकदमै राम्रो । यो सेमिनारमा २–३ वटा शेसन छ । पहिलो शेसनमा जो आएर चाहे विद्यार्थी भिषाको लागि होस्, चाहे वर्किङ भिसाका लागि होस् उनीहरु जानकारीहरु प्राप्त गर्न सक्छन् । प्रक्रियाहरूको बारेमा बुझन सक्छन् । जस्तो अहिले अक्टोबर इन्टेक (२०२२) को लागि जापानका विभिन्न शहरहरु टोकियो, योकाहामा, ओशाका लगायत शहरहरुमा विभिन्न स्कुल, कलेज, रेष्टुरेन्टहरुसँग सहकार्य गर्ने विद्यार्थीहरु इनरोल गरिरहेका छौ । वर्किङको लागि एसएसडब्लु भिषा र ट्रनि भिषाको लागि अहिले जानकारीहरु गराइरहेको हुँदा पहिलो सेशनमा वर्किङको लागि मात्रै हो । त्यसपछीको शेसन विद्यार्थीका लागि चलाएका छौ । परामर्श दिन्छौ । त्यसपछि बेलुकी ६ बजेपछि विगत २ वर्षसम्म जापानको भिषा भएर पनि जापान जान नपाएका विद्यार्थीहरुलाई हाम्रो फेयरवयल कार्यक्रम छ । ती सबै विद्यार्थीहरलाई बोलाएर जापान जानु भन्दा अघिका तयारी बारेमा, गइसकेपछि त्यहाँका नियम कानुनहरूको फलो कसरी गर्नुपर्ने ती सबैको जानकारी गराउने हाम्रो कार्यक्रम छ ।

यसरी भिषा आएर पनि रोकिएका कति छन् ?
यसरी रोकिएका नेपालबाट करिव करिव २०–२२ हजार विधार्थी तथा डिपेन्डेन भिषा छन् । अहिले मार्च एक गतेबाट चाँही जापानको अध्यागमन विभागको निर्णय र जापान सरकारको निर्णय अनुसार पुर्ण रुपमा खुलेको छ । अहिले रोकिएका सबैजना जान थालेका छन् ।

जापान नेपालीहरूका लागि झन् बढी आकर्षणको थलो बनेको देखिन्छ । किन ?
विदेश जाने भनेको उज्जवल भविष्यका लागि जाने हो । जहाँ सुनिश्चिता हुन्छ, त्यही जाने हो । जापान र अष्ट्रेलिय भनेको नेपालको सेन्टरबाट विगत २० बर्षदेखि एउटा स्टेबल बिजनेस छ । त्यहाँ गएको विद्यार्थीहरुले राम्रो प्रगती गरेको देखिन्छ । अहिले नेपाल सरकारले एनआरएनएलाई रातो कार्पेट बिछ्याएर स्वागत गरिरहेको छ । ती सबै एनआरएनएका अध्यक्षहरू आज भन्दा २० वर्ष अघि विद्यार्थी भिषामा जापान तथा अष्टेलिया गएका हुन् । अर्थात त्यहाँ भविष्य सुनिश्चितता छ । आफनो एउटा बाटो पहिल्याउन सहज छ । त्यो हिसावले अन्यत्र भन्दा जापान र अष्टेलिया जाने विद्यार्थीहरुको सङ्ख्या पनि बढेको हो जस्तो मलाई लाग्छ ।

जापान पठाउने सम्बन्धमा हार्डफोडले धेरै काम गरिरहेको छ । अहिले यस क्षेत्रमा प्रतिस्पर्धा कस्तो छ ?
विगत १७ बर्षदेखि हामीले उच्च शिक्षाका लागि काम गरिहेका छौ । त्यसमा जापान र अष्टेलिया गरी दुइ ओटा गन्तब्य हो हामीले काम गर्दै आएको । हामी सन्तोषजनक छौ । हाम्रो विधार्थीहरु पनि हामीले सन्तोषनक पाएका छौ । हाम्रोबाट गएका विद्यार्थीहरुको अहिलेसम्म गरेका गतिविधिहरूबाट हामी खुशी छौ । हामी सन्तोषजनक छौ । हाम्रा विद्यार्थीहरु पनि सन्तोषजनक छन् भन्ने आभाष हामीलाई मिलेको छ ।

अन्त्यमा, केही भन्नु हुन्छ कि जापान जान चाहनेहरुका लागि ?    

उच्च शिक्षाका लागि जुनसुकै गन्तब्य होस् चाहे जापान होस् चाहे अष्टेलिया, युएस, युके जहाँपनि विद्यार्थी तथा अभिभावकले बुझनु पर्ने कुरा के हो भन्दा म कहाँ जाँदैछु, के पढ्न जाँदैछु, मेरो भविष्य के हो भन्ने कुरा प्रष्ट हुन जरुरी छ । अभिभावकले पनि मेरा छोराछोरी कहाँ जाँदैछन् के पढ्दैछन र त्यो शिक्षा पाएपछि उनीहरुका भविष्य सुनिश्चित छ कि छैन । उनीहरुले पाएका ज्ञान स्वदेशमा वा विदेशमा उनीहरुले कसरी उपयोग गर्न सक्छन् सक्दैनन् । उनीहरुकाे भोली गएर प्रोफेसनल करियर सुरु हुन्छ कि हुदैन राम्ररी बुझ्न जरुरी छ । मात्रै भिषा लाग्छ, जान पाइन्छ भिषा छ रे भनेर बुझनु भन्दा वा लहलहैमा त्यहाँ गएर पैसा कमाइन्छ भनेर जानु भन्दा पनि मैले पढेको कोर्स र म गएको गन्तव्यमा मैले सिकेको काम भोली गएर दिर्घकालमा गर्न सक्छु भन्ने उद्देश्यले विदेश जाँदा राम्रो हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप