मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

स्वदेशी उत्पादनको उपभोग गरी आयात प्रतिस्थापन गर्नुपर्छ : मन्त्री बडू

सोमबार, २८ चैत २०७८, २२ : ०७
सोमबार, २८ चैत २०७८

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले नेपालमै सम्भाव्यता भएका उपभोग्य वस्तुहरुको उत्पादन वृद्धि र स्वदेशी उत्पादनको उपभोग गरी आयात प्रतिस्थापन गर्नुपर्नेमा जोड दिएका छन् । सोमबार मन्त्रालयअन्तर्गतका विभिन्न विभाग र महाशाखाको प्रगति विवरणबारे जानकारी लिँदै मन्त्री बडूले आयात र निर्यात बीचको खाडल पुर्ने, स्वदेशमै उत्पादन वद्धि गरी आयात प्रतिस्थापनमा टेवा पुर्याउने उद्योगहरुको प्रवद्र्धन गर्नेतर्फ ध्यान दिन निर्देशन दिए ।

उनले सरकारले प्रस्तावित गरेका सातवटा औद्योगिक क्षेत्र, औद्योगिक ग्राम र विशेष आर्थिक क्षेत्र सञ्चालनमा देखिएका समस्याहरु अन्तरमन्त्रालय समन्वय गरी तत्काल समाधान गर्नुपर्ने बताए । यसैगरी मन्त्री बडूले उद्यमशीलता विकासका लागि दक्ष जनशक्ति उत्पादन र विकास गर्ने कार्यक्रम तथा योजना बनाउनुपर्नेमा समेत जोड दिए ।

‘औद्योगिक क्षेत्रमा पूर्वाधार निर्माण गर्दा कतिपय ठाउँमा वर्षौदेखि बसिरहेका सुकुम्बासी, भूमिहीन र अव्यवस्थित बसोबासको व्यवस्थापन मुख्य चुनौतीको रुपमा देखिएकोले पूर्वाधार निर्माण र उनीहरुको व्यवस्थापनको काम सँगसँगै अगाडि बढाउने गरी काम गर्न पर्छ,’ उनले भने ।

मन्त्री बडूले उद्योग विभाग, खानी तथा भूगर्भ विभाग, गुणस्तर तथा नापतौल विभाग, औद्योगिक पूर्वाधार तथा वातावरण महाशाखा, औद्योगिक तथा लगानी प्रबर्धन महाशाखा, योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखाबाट प्रगति विवरणबारे जानकारी लिएका हुन् । त्यसैगरी उनले कम्पनी रजिस्ट्रारको कार्यालय र लघु, घरेलु तथा साना उद्योग प्रबद्र्धन केन्द्रबारे पनि जानकारी लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप