बारामा बाघको आक्रमणबाट मृत्यु
सोमबार, २८ चैत २०७८, २१ : ५४

बारामा बाघको आक्रमणमा परी एक जनाकाे मृत्यु भएको छ । सोमबार दिउँसो ३ बजेतिर कोल्हवी नगरपालिका वडा नम्बर २ स्थित तामागढी साझेदारी वनमा घाँस काट्न गएका जितपुरसिमरा उपमहानगरपालिका १६ टागियाबस्तीका ३१ वर्षीय सुरेस मगरको मृत्यु भएको हो।
जंगली बाघको आक्रमणमा परी घाइते भएका उनलाई उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको बारा प्रहरीले जनाएको छ । मृतकको शव पोष्टममार्टमका लागि प्रादेशिक अस्पताल कलैया बाराको शव गृहमा सुरक्षित राखिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । घाँस काट्न गएका स्थानीय ४ जनामध्ये मगरलाई बाघले आक्रमण गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वाणिज्य दूत शर्मा र नेपाल खेलकुद विश्वविद्यालयका डा. प्रसाईँबिच साझेदारीबारे छलफल
-
कर्णालीमा कांग्रेस सांसदको माग : हाम्रा मन्त्रीहरूलाई फिर्ता बोलाऔँ
-
विरोधको सूचना दर्ता गर्ने पाण्डे प्रतिनिधि सभामा अनुपस्थित
-
विकासमा बेथिति, जस पाउने होड
-
३ सदस्यीय अनुचित लेनदेन जाँचबुझ आयोग गठन
-
सुदूरपश्चिम स्पोर्टस अवार्डको दुई विधाको मनोनयन सार्वजनिक