सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

मोदीले भने - हाम्रो संसदमा रुस र युक्रेनबारे विस्तृत छलफल भयो

सोमबार, २८ चैत २०७८, २१ : ४९
सोमबार, २८ चैत २०७८

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रुस र युक्रेनका विषयमा भारतको संसदमा छलफल भएको बताएका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै आफूले शान्तिको लागि मात्र नभए रुसका राष्ट्रपतिलाई युक्रेनका राष्ट्रपतिसँग प्रत्यक्ष वार्ता गर्न पनि सुझाव  दिएको बताए ।

उनले भनेका छन्, ‘मैले युक्रेन र रुसका राष्ट्रपतिहरूसँग धेरै पटक फोनमा कुरा गरे। मैले शान्तिको अपील मात्र गरेन, मैले राष्ट्रपति पुटिनलाई युक्रेनका राष्ट्रपतिसँग प्रत्यक्ष वार्ता गर्न पनि सुझाव दिए । युक्रेनको विषयमा हाम्रो संसदमा विस्तृत छलफल भएको छ ।’ प्रधानमन्त्री मोदीले आफूले युक्रेन र रुसका राष्ट्रपतिहरूसँग धेरै पटक फोनमा कुरा गरेको पनि जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप