आइतबार, १६ असार २०८१
ताजा लोकप्रिय

क्रोएसियाद्धारा २४ रुसी कुटनीतिज्ञ तथा कर्मचारीलाई देश छाड्न आदेश

सोमबार, २८ चैत २०७८, २१ : ३६
सोमबार, २८ चैत २०७८

क्रोएसियाले आफ्नो देशमा रहेका २४ रुसी कुटनीतिज्ञ तथा कर्मचारीहरूलाई तत्काल देश छाड्न आदेश दिएको छ ।  रुसले छिमेकी मुलुक युक्रेनमाथि आक्रमण गरेको र विश्वका धेरै देशहरूले त्यसको विरोध गरिरहेका बेला क्रोएसियाले आफ्नो देशमा रहेका रुसी अधिकारीहरूलाई देश छाड्न आदेश दिएको हो । 

युरोपेली, अमेरिकी लगायतका धेरै देशले आफ्नो मुलुक भित्र रहेका रुसी अधिकारीहरूलाई देश निकाला गर्दै आएका छन् ।  रुसी अधिकारीहरूले आफ्नो देशमा रहेर कूटनीतिक मर्यादा विपरितका क्रियाकलाप गरेकाले उनीहरूलाई देश निकाला गर्नु परेको ती देशका अधिकारीहरूले जनाएका छन् । 

क्रोएसियाले देश छाड्न आदेश दिएका २४ रुसी अधिकारीहरू मध्ये १८ जना रुसी कुटनीतिज्ञ रहेका छन् भने बाँकी छ जना कर्मचारी रहेका छन् ।  युक्रेनमाथि युद्ध अपराध नगर्न आग्रह गर्दै आएकोमा रुसले आफूलाई नसुधारेको क्रोएसियाका अधिकारीहरूको भनाई छ । 

रुसले गत फेब्रुअरी २४ देखि युक्रेनमाथि आक्रमण गरिरहेको छ भने आक्रमणका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको छ । साथै विश्व अर्थतन्त्र र राजनीतिमा समेत यसले नकारात्मक असर परेको छ । -एएफपी
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप