शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशमा ५ दलीय गठबन्धन सहमति नजिक

सोमबार, २८ चैत २०७८, २० : ३०
सोमबार, २८ चैत २०७८

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि बागमती प्रदेशमा सत्ता साझेदार ५ दलीय गठबन्धन सहमति नजिक पुगेको छ । नेपाली काँग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको गठबन्धनको बैठकमा चलेको छलफलमा बागमती प्रदेशका १ सय १९ पालिका र एक हजार एक सय २१ वडामै आवश्यकता र औचित्यको आधारमा गठबन्धन गरेर जाने सहमतिमा गठबन्धन संयन्त्रका सचिव राजु नेपालले बताए ।

आइतबार र सोमबार दुईदिन काठमाडौंमा बसेको गठबन्धनको बैठकमा बागमती प्रदेशका काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी),  जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका पार्टी प्रमुखहरुको उपस्थिति रहेको थियो ।

यसअघि बागमती प्रदेशका ५ दलीय गठबन्धनले आआफ्नो दलमा पालिका र वडामा मतको विश्लेषण र प्रतिवेदन बुझाउन मातहतका निकायलाई निर्देशन दिइसकेका छ भने बागमती प्रदेश गठबन्धनले पनि तत्कालै साझा सहमति गरेर केन्द्रमा प्रतिवेदन बुझाउने तयारी रहेको सचिव नेपालले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप