बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको पूर्ण बैठक पोखरामा सम्पन्न

सोमबार, २८ चैत २०७८, २० : ०६
सोमबार, २८ चैत २०७८

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक पोखरामा सम्पन्न भएको छ । सात प्रदेशका इन्चार्ज र सह इन्चार्जको जिम्मेवारी तोक्दै एकेडेमीको पूर्ण बैठक सम्पन्न भएको हो ।

बैठकले विभिन्न खेल तथा सञ्चालन विभाग प्रमुख समेत चयन गरेको छ । प्रदेशमा इन्चार्ज तथा सह इन्चार्जको जिम्मेवारी तोकेको छ । जसअन्तर्गत प्रदेश १ मा इन्चार्ज एकेडेमीका उपाध्यक्ष तुलसी मैनाली र सह इन्चार्जमा उपमहासचिव मदन उप्रेती चयन भएका छन् ।

उपमहासचिव सुवर्ण श्रेष्ठका अनुसार मधेस प्रदेशमा इन्चार्ज उपाध्यक्ष शशीकुमार शर्मा र सह इन्चार्जमा सचिव अञ्जना सिवाकोटी, बागमती प्रदेशमा इन्चार्ज उपाध्यक्ष जितेन्द्र श्रेष्ठ र सह इन्चार्जमा सचिव मन्दिरा श्रेष्ठ चयन भएका छन् ।

बैठकले गण्डकी प्रदेशमा इन्चार्जमा उपाध्यक्ष राजेश गुरुङ. र सह इन्चार्जमा सचिवालय सदस्य कृष्ण तिमिल्सिनालाई जिम्मेवारी दिएको छ । त्यस्तै लुम्बिनी प्रदेशमा इन्चार्ज सचिव सुजु मल्ल र सह इन्चार्जमा सचिवालय सदस्य महेन्द्र लिगल तथा कर्णाली प्रदेशमा इन्चार्ज उपाध्यक्ष तेजविक्रम बस्नेत र सह इन्चार्जमा सदस्य गोपालबहादुर शाही चयन भएका छन् ।

अन्य विभागहरु खेल तथा सञ्चालन विभाग अन्तर्गत तालिम तथा प्रशिक्षण विभाग प्रमुखमा अध्यक्ष ध्रुब आचार्य चयन भएका छन् । त्यस्तै खेल प्रतियोगिता प्रमुखमा उपमहासचिव सुवर्ण श्रेष्ठले जिम्मेवारी पाउँदा प्रचार विभाग प्रमुखमा अमृता अनमोल, आर्थिक विभाग प्रमुखमा देवबहादुर कुंवर, स्वास्थ्य तथा अन्तर्राष्ट्रिय विभाग प्रमुखमा डा. शक्ति वस्नेत र कार्यालय सचिव विनोद आचार्य चयन भएका छन् ।

खेलतर्फ नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व क्रिकेट खेलाडी क्रिकेटतर्फ शक्ति गौचन, मार्सलआर्टमा सन्जु महर्जन, एथ्लेटिक्समा इन्द्र मल्ल, भलिबलमा युवराज श्रेष्ठ, फुटबलमा सुन्दर थापा, टेबल टेनिसमा महेन्द्र लिगल, चेसमा विजय गुरुङ, शारीरिक सुगठनमा राजकुमार श्रेष्ठ, बास्केटबलमा बिंकु महर्जन प्रमुख र उपप्रमुखमा सदीना श्रेष्ठ चयन भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप