शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

भीरबाट खसेको ढुंगा लागेर एक जनाको मृत्यु

सोमबार, २८ चैत २०७८, २० : ०५
सोमबार, २८ चैत २०७८

हुम्ला जिल्लाको तल्लो क्षेत्र चंखेली गाउँपालिका–५ को नेप्कागाउँकी एक जना महिलाको भीरबाट खसेको ढुंगा लागेर मृत्यु भएको छ । चंखेली गाउँपालिका–५ को नेप्कागाउँकै तेलपानी वनमा भेडाबाख्रा चराउने क्रममा भीरबाट खसेको ढुंगा लागेर उनको मृत्यु भएको हो ।

ढुंगा लागेर मृत्यु हुनेमा ४९ वर्षीया पानमती तामाङ रहेको सोही गाउँका स्थानीय बासी तुलवीर तामाङले जानकारी दिए । ४९ वर्षीया पानमती तामाङको बाख्रा चराउने क्रममा बसेको बेला भीरमाथिबाट खसेको ढुंगा लागेर घटनास्थलमै मृत्यु भएको बताए । बाख्रा चराउन मृतक तामाङ एक्लै गएको बेला दिउँसै ढुंगा लागेर मृत्यु भए पनि घरपरिवारले भने बेलुका मात्र जानकारी पाएको उनले बताए ।

तामाङको घटनास्थल भएको स्थानमा पुगेका परिवारका सदस्य, उनका आफन्त तथा नेप्कगाउँका गाउँले मिलेर बेलुका लास भेट्टाएका थिए । मृतक तामाङ सधैँ गोठालो लाग्दै आएकी थिइन् । चंखिली गाउँपालिका केन्द्र पिप्लाङबाट पाँच घण्टा लाग्ने नेप्कगाउँमा वनमा गोठालो गएका बेला ढुंगा लागेर मृत्यु भएका कारण घटनाबारे प्रहरीलाई मृतकका श्रीमान् रञ्जन तामाङले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप